बैतडी ।

बैतडीको पाटन नगरपालिका वडा नं २मा करेन्ट लागेर एकजनाको ज्यान गएको छ ।

ज्यान जानेमा पाटन नगरपालिका २ सिलंगाका २७ बर्षीय गोमती ऐर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

बारीमा घास काटीरहेका बेला मकैको बोटमा छोएको विद्युतको नाङ्गो तारबाट करेन्ट लागेपछि ऐरको घटनास्थलमै मृत्युभएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो ।

ऐरको सम पोष्टमार्टमको लागी प्राथमिक स्वास्थ्यकेन्द्र पाटनमा राखिएको प्रहरीले जनाएको छ ।

22.57¡ÆC