छोराको आशमा नवौं पटक आमा बन्दा हरिशोभाले छोरी जन्माएर प्राण त्यागिन्

असार २६, २०७४ मा प्रकाशित | 2330 views

कालिकोट ।

प्रसुति ब्यथाले थलिएकी कालिकोट चिल्खाया—५ निवासी ३५ बर्षिया हरिशोभा सुनारलाई हेलिकप्टरद्धारा उद्धार गरी सरकारले ज्यान जोगाउन गरेको पहल अन्तत् असफल भएको छ ।

छोराको आशामा ९ औ पटक गर्भवती भएकी हरिशोभा सुनारको प्रसुतिमा जटिलता देखिएपछि कालिकोटका माननीय सांसद महेन्द्र शाहीको आग्रहमा गहृमन्त्रि जनार्धन शर्मा प्रभाकरले निर्देशन गरेपछि माउन्टेन एयरको  हेलिकप्टरद्धारा आईतबार मात्रै उनको उद्धार गरी नेपालगंन्ज पुर्याएको थियो ।

बिकट कर्णाली क्षेत्रबाट सुत्केरी महीलाको ज्यान जोगाउन गरिएको पहलका बावजुद पनि महीलाको ज्यान जोगाउन नसकिएको जिल्ला अस्पताल कालिकोटका डा. महेश्वर गोशाईले बताउनु भयो ।

शनिबार बेलुकादेखि प्रसुति ब्यथाले थलिएकी हरिशोभालाई प्रसुतिका लागी चिल्खाया स्थित स्वास्थ्य चौकीमा ल्याइएको थियो । प्रसुतिमा जटिलता देखिएपछि उनलाई थप उपचारका लागी जिल्ला अस्पताल  पुर्याएको थियो ।

जिल्ला अस्पतालमा पुर्याएर प्रसुति गराउदा उनको स्वास्थ्यमा थप जटिलता देखिएपछि उनलाई  हेलिकप्टरद्धारा नेपालगंन्ज  पुर्याएको हो ।

उनको नेपालगंन्ज स्थित भेरि अन्चल अस्पतालमा उपचारकाक्रममा शोमबार बिहान मृत्यु भएको जानकारी प्राप्त भएको जिल्ला अस्पतालका डाक्टर महेश्वर गोसाईले बताउनुभयो । उनको मत्यु पछि उनको कोखबाट जन्मिएका ९ छोरी आमाबाट अलगीएकी छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web