धरान ।

धरान उपमहानगरपालिकाको मतगणना जारी रहँदा सुरुवाती देखी मतगणनामा अग्रता लिएको एमालेले यसलाई थप बढाउँदै लगेको छ ।

पछिल्लो मतपरिणाम अनुसार एमालेका मेयर पदका उम्मेद्वार तारा सुब्बाले १३ हजार ४ सय ५० मत ल्याई अग्रस्थानमा रहेका छन् ।

उपमेयरमा एमालेकै उम्मेद्वार मञ्जु भण्डारी १३ हजार ६ सय ८० मत ल्याई अग्रस्थानमा रहेकी छिन् ।

नेपाली कांग्रेसका मेयर पदका उम्मेद्वार तिलक राई झण्डै तीन हजार कम मतका साथ १० हजार ६ सय ३७ मत ल्याएर पछ्याइरहेका छन् ।

उपमेयर पदको उम्मेद्वार श्यामा रेग्मी १० हजार १ सय ४८ मत ल्याई दोश्रो स्थानमा रहेकी छिन् ।

27.12¡ÆC