माओवादीले मतपत्र च्यातेको भरतपुर महानगर विवादमा सर्वोच्चमा सुनुवाई हुँदै

असार २३, २०७४ मा प्रकाशित | 981 views

काठमाडौं ।

एउटा मात्र वडाको मतपत्र गन्न बाँकी रहँदा पराजयको नजिक पुगेपछि भरतपुर महानगरपालिकाको ९० वटा मतपत्र च्यातेपछि परेको मुद्दामा सर्वोच्च अदालतले आज सुनुवाई गर्दैछ ।

पुनः मतदान वा पुनः मतगणना सम्बन्धी विवादको टुंगो लगाउन शुक्रबार सर्वोच्च अदालतमा सुनुवाई हुन लागेको हो ।

न्यायाधीशद्धय मीरा खड्का र अनिलकुमार सिन्हाको इजलासमा भरतपुर प्रकरणको सुनुवाई हुन लागेको सर्वोच्च अदालतले जानकारी दिएको छ ।

यसअघि कायम मुकायम प्रधान न्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले भरतपुर १९ को मतगणनाका क्रममा च्यातिएका मतपत्र, मतपत्र च्यात्ने माओवादी कार्यकर्तामाथिको मुद्दाको सक्कल मिसिल र निर्वाचन आयोगको सक्कल निर्णय पेश गर्न आदेश दिएको थियो ।

आदेश अनुसार ती सबै कागजातहरु दुई साताअघि अदालत आइपुगिसकेको छ ।

भतरपुर महानगरपालिकामा मतगणनाका क्रममा माओवादी कार्यकर्ता मधु न्यौपाने र द्रोण शिवाकोटीले मतपत्र च्यातेका थिए । त्यसपछि निर्वाचन आयोगले १९ नम्बर वडामा पुनः मतदान गर्ने निर्णय गरेपनि कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्चमा रिट परेको थियो ।

आयोगको निर्णयमा चित्त नबुझेपछि वडा नम्बर १९ का एमाले उम्मेदवार गुन्जमान विक र सोही वडाका मतदाता समेत रहेका अधिवक्ता तुलसी पाण्डेले सर्वोच्चमा रिट दायर गरेका थिए ।

उनीहरुको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश चोलेन्द्र शमसेर जबराको इजलासले तत्काल पुनः मतदानको निर्णय कार्यन्वयन नगर्न निर्वाचन आयोगलाई अन्तरकालिन आदेश दिएको थियो ।

भरतपुर महानगरपालिकामा कांग्रेस माओवादी गठबन्धनबाट मेयरमा पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्री रेणु दाहाल र उपमेयरमा कांग्रेसकी पार्वती शाह उम्मेदवार छन् ।

एमालेबाट मेयरमा देवी ज्ञवाली र उपमेयरमा दिव्या आचार्य प्रतिस्पर्धामा छन् । २० नम्बर वडाको मतगणना बाँकी रहदा १९ नम्बरको आधा भन्दा बढी गणना भइसकेपछि मध्यरात मतदान अधिकृत शौचालय गएको मौकामा नियोजित तवरले मतपत्र च्यातिएको एमालेले आरोप लगाउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web