#मेचीमहाकाली_बुलेट_रेलवे अन्तर्गत "चितवन स्टेसन" मा रेल राेकिएकाे थियाे । मैलै साथीलाई झ्यालबाट बाहिर देखाएर भने – "याे १२० तले भवन #एमालेकाे_केन्द्रीय_कार्यालय हाे ।" मैले रेलकाे TTE लाई साेधेँ – झापा पुग्न अब कति लाग्छ? उसले भन्याे – अब १ घन्टा । त्यत्राे लाग्छ? म अतालिएँ ।

छेउमा एउटा खैरे बसेकाे थियाे । साेधेँ – कहाँसम्म ??
उसले भन्याे – "नेपालकाे P.R पाइएन, अाफ्नै देश #अमेरिका फर्किँदैछु । एकपटक विश्वकै ठूलो पानीजहाज हेरूँ कि भनेर झापा हिँडेकाे ।

अर्काे डिब्बाबाट धार्मिक अावाज अायाे – "राधेराधे भन्ने हामीलाई लाइराछ ।" गएँ, #हिसिलासहित_बाबुराम भट्टराई रहेछन् । डाक्टर बाेले – "अाेलीले उठिबास लाइहाले, कुम्लाे-कुटुराे बाेकेर हरिद्वार हिँडेकाे । गङ्गाका छेउमा कीर्तन गरेर बस्ने बिचार छ ।" हिसिला च्याँठ्ठिइन् – "प्रटिगामी टट्वले गरिखान डिएन ।"

झापा पुगियाे ।

नेपालले ठाडै हस्तक्षेप गरेर ३ वर्षमा ९ वटा सरकार ढलाइदिएकाे हुनाले भारत हैरान भएर, नेपाललाई खुशी पार्न अाफ्नाे "पश्चिम बंगाल" प्रदेश उपहारमा दिएकाे थियाे । मन्जुश्रीले चाेभारकाे डाँडाे काटेझैँ, अाेली सरकारले #समुद्रको_पानी_झापासम्म ल्याएकाे रहेछ ।

नेपाली #झण्डा "फरररररररर" पार्दै ठुलाे #पानीजहाज छुट्याे । जल-यातायात कार्यालयले जानकारी गरायाे – "अवैध बसाेबास गरेका अष्ट्रेलियाली नागरिकलाई फिर्ता पठाइयाे ।"

तिर्खा लाग्याे, #सार्वजनिक_धारामा गएँ । तीनवटा टुटी रहेछन् – पानी, दूध र रक्सीका । ३ गिलाँस रक्सी तन्काएँ । अाराम भयाे ।

त्यसपछि, #झापाबाट_केवलकारमा ३० मिनेटकाे यात्रामा ताप्लेजुङ पुगियाे । #अपिकञ्चनजंघा_हिमाली_राजमार्गकाे ८ लेनकाे नागबेली बाटाे, सार्वजनिक गाडीमा म राराताल तिर लागेँ । गाडीमा छेउमा बसेका जुङ्गावालाले अाफ्नाे परिचय दिए – मने! म #प्रचण्ड । #दस_हजार मेगावाटको #कर्णाली_हाइड्रोपावर" उद्घाटन गर्ने अाेलीजीकाे हुकुम छ, साे त्यतै हिँडेकाे ।

अर्काेपट्टि हातमा #फुटेकाे_घैँटाे लिएका एक युवा र दुइचार जना बुढाहरू झाेक्र्याउँदै थिए । मैले साेधेपछि युवाले परिचय दिए – म #गगन_थापा । यिनी #रामचन्द्र, उनी #शेरबहादुर, त्याे चश्मे चाहिँ #रामशरण महत । काठमाडौंमा चुनावमा उठेकाे, नराम्ररी हारियाे, सबैकाे धराैटीसमेत_जफत भाे । विरक्त लागेर मानसराेवर दर्शन गर्न हिँडेकाे हामी त ।

अलिपर पुगेपछि ठुलाठुला #पाइप_लाइन देखिए । गाडि राेक्याे, ४ जना निख्खर #काला_मधेशीहरू चढे । मैले भनेँ – रामराम भैया ! उनीहरूले हात जाेडे – "रामराम हजुर । अाेलीजीले #देशनिकाला गर्ने भनिहाल्नुभाे, बल्लबल्ल हाथ जाेडेर फकाएपछि पाइपलाइन मर्मत गर्ने काम दिएर यहाँ पहाडमा पठाइ हाल्नुभाे । मैले साेधेँ, याे केकाे पाइप हाे? एउटा बाेल्याे – "दैलेखकाे पेट्रोल चाइना बेच्न लाने पाइप हाे हजुर ।"
म बाेलेँ – परिचय पाउँ न, सबै पालैपालो बाेले – म #सीके रावत, म #उपेन्द्र यादव, म #राजेन्द्र महताे, म #महन्थ ठाकुर ।

दैलेखबाट भर्खर म काठमाडौ ओर्लिए, आधा घण्टामै मेचीमहाकाली_बुलेट_रेलले काठमाडौंमा-ल्याइपुरायो, #काठमाडौं पुरै फेरिएछ । म सिधै मेट्रो चढेर लागे साथीको कोठातिर ।

साथिको #AC Room मा आराम गर्दै मैले सोधे, #AC महङ्गो हुदैन ? साथिले मन्द मुस्कानका साथ भने, #हावाबाट निकालेको बिजुली हो धेरै सस्तो छ । #हामी #धरहरा घुम्न निस्कियौ। धरहराको #चौथो तल्ला सम्म गाडीहरू खचाखच Parking गरिएका थियो । दसौं तल्लाबाट काठमाडौं नियाली सकेपछी हामी केबलकार बाट श्यम्भु हान्नियौ । काठमाडौं साच्चिकै बिचित्र थियो ।

#ओलीको भाषणको प्रभाव कतिसम्म परेछ, #हैट्

सुमन श्रेष्ठ को फेसबुक वालबाट साभार

18.12¡ÆC