नेपालगञ्जको पाँच स्थानको मतपरिणाम आयो, तीनको बाँकी (कहाँ कसले जित्यो को अगाडी?)

असार २०, २०७४ मा प्रकाशित | 761 views

नेपालगञ्ज ।

बाँकेका ५ वटा स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । ती मध्ये २ वटामा नेपाली कांग्रेस, नेकपा एमाले १, संघीय समाजबादी फोरम १ र राप्रपा १ तहमा विजयी भएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा राप्रपाका डा. धवल शमशेर राणा र उपमेयरमा नेपाली कांग्रेसकी उमा थापा मगर विजयी हुनुभएको छ ।

राप्ती सोनारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका लाहुराम थारु र उपाध्यक्षमा कांग्रेसकै धनीकुमारी खत्री विजयी हुनुभएको छ भने डुडुवा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका नरेन्द्र कुमार चौधरी र उपाध्यक्षमा कांग्रेसकै साहिदा बानु विजयी हुनुभयो ।

बैजनाथ गाउँपालिकामा भने नेकपा एमालेका मान बहादुर रुचाल र उपाध्यक्षमा पनि एमालेकै शारदा विक निर्वाचित हुनुभएको छ ।

नरैनापुर गाउँपालिकाको अध्यक्षमा संघीय समाजबादी फोरमका इस्तियाक अहमद साह र उपाध्यक्षमा फोरमकै जयन्तिदेवी श्रीवास्तव विजयी हुनुभएको छ ।

अन्य ३ तह कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा मतगणना जारी छ । कोहलपुर र खजुरामा एमाले र जानकीमा कांग्रेसका उम्मेदवारहरुले अग्रता लिइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web