<h3 class="lead" style="font-family: "Noto Sans", sans-serif; color: rgb(26, 26, 26);">धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले बाटो, बिजुली, सिँचाइलगायतका पूर्वाधार पर्याप्त रुपमा जुटाउन सके विकास र समृद्धि हासिल हुने बताएका छन् ।
<p style="margin-top: 0.6em; line-height: 1.6; font-size: 1.2em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">आज यहाँ आयोजित प्रदेश नं ७ (सुदूरपश्चिम)को सामाजिक आर्थिक विकास व्यवस्थापन तथा मार्गचित्र तयारीसम्बन्धी कार्यशाला गोष्ठीको उद्घाटन गर्दै सुदूरपश्चिम विकास परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री देउवाले ७ नं प्रदेशको विकासका लागि बजेट वृद्धि गरिने बताए ।
<p style="margin-top: 0.6em; line-height: 1.6; font-size: 1.2em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">देउवाले भने– “सुदूरपश्चिमको विकासका पूर्वाधार तयार गर्न विशेष कार्यक्रम ल्याइनेछ ।”
<p style="margin-top: 0.6em; line-height: 1.6; font-size: 1.2em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">अहिलेसम्म भएका पूर्वाधारसँगै थप विकासका लागि सरकारले आवश्यक गृहकार्य गर्ने पनि प्रधानमन्त्रीले बताए ।
<p style="margin-top: 0.6em; line-height: 1.6; font-size: 1.2em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">उनले भने, “किसानले उत्पादन गरेको कृषि उपज सहज रुपमा बजारसम्म पु¥याउन सडक निर्माणलाई प्राथमिकता दिइनेछ ।”
<p style="margin-top: 0.6em; line-height: 1.6; font-size: 1.2em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">सुदूरपश्चिम प्राकृतिक साधन स्रोतले सम्पन्न भएकाले त्यसको सदुपयोग गरी अगाडि बढ्नुपर्नेमा प्रधानमन्त्री देउवाको जोड थियो ।
<p style="margin-top: 0.6em; line-height: 1.6; font-size: 1.2em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">प्रधानमन्त्री देउवाले भने– “प्राकृतिक साधन स्रोतको योजनाबद्ध रुपमा व्यवस्थापन गरी अगाडि बढ्ने काम हुनेछ । यसले रोजगारीका अवसर सिर्जना गर्नेछ ।”
<p style="margin-top: 0.6em; line-height: 1.6; font-size: 1.2em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">उनले भने – “हिमाली क्षेत्रका दुर्लभ जडीबुटी र वन सम्पदाको सही सदुपयोग गर्न सकियो भने पनि यो क्षेत्रबाट युवाको पलायन रोकिने छ ।”
<p style="margin-top: 0.6em; line-height: 1.6; font-size: 1.2em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">जलस्रोतको अपार सम्भावना रहेको ७ नं प्रदेशमा पश्चिमसेती, पञ्चेश्वरजस्ता बृहत्तर विकास परियोजनालाई अगाडि बढाउन सरकारले आवश्यक गृहकार्य गरिरहेको प्रधानमन्त्रीले जानकारी दिए।
<p style="margin-top: 0.6em; line-height: 1.6; font-size: 1.2em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">पञ्चेश्वर र पश्चिमसेतीजस्ता जलविद्युत् आयोजना सरकारको प्राथमिकतामा रहेको बताउँदै प्रधानमन्त्रीले भने- “संविधान कार्यान्वयनसँगै अब सुदूरपश्चिममा मात्र नभई समग्र देशको विकासले गति लिनेछ ।
<p style="margin-top: 0.6em; line-height: 1.6; font-size: 1.2em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">पूर्व मन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का नेता लेखराज भट्टले ७ नं प्रदेश विकासका दृष्टिमा पछि पर्नुको कारण खोजी गरी विकास गर्ने संस्कृतिको पनि विकास गर्नु जरुरी देखिएको बताए ।
<p style="margin-top: 0.6em; line-height: 1.6; font-size: 1.2em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">सुदूरपश्चिम विकास आयोगका अध्यक्ष डा प्रभु बुढाथोकीले समृद्ध सुदूरपश्चिम बनाउने मिसनमा आयोग लागिरहेको बताए ।
<p style="margin-top: 0.6em; line-height: 1.6; font-size: 1.2em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">उनले उपलब्ध साधन स्रोतलाई आर्थिक विकासमा प्रयोग गर्न सकिए ७ नं प्रदेश समृद्धितर्फ उन्मुख हुने बताए।
<p style="margin-top: 0.6em; line-height: 1.6; font-size: 1.2em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">नेपाल व्यवस्थापन सङ्घ सुदूरपश्चिम च्याप्टरका सभापति डा. पदमराज जोशीको सभापतित्वमा भएको कार्यक्रममा ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय, सङ्घका केन्द्रीय अध्यक्ष सुशील भट्ट, डा हेमराज पन्तलगायतले विकासका लागि गर्नुपर्ने कामका बारेमा बोलेका थिए।
<p style="margin-top: 0.6em; line-height: 1.6; font-size: 1.2em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">कार्यक्रममा प्रधानमन्त्री देउवाले सुदूरपश्चिमको चिनारी देख्न र जान्न सकिने गरी तयार पारिएको ‘मोबाइल एप्स’को शुभारम्भ पनि गरे । सो अवसरमा प्रधानमन्त्रीलाई आयोजकका तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।
<p style="margin-top: 0.6em; line-height: 1.6; font-size: 1.2em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">विकासका दृष्टिकोणले अन्य क्षेत्रको तुलनामा पछाडि परेको प्रदेश नं ७ को एकीकृत विकासको मार्गचित्र बनाउने उद्देश्यले यो गोष्ठीको आयोजना गरिएको हो ।
<p style="margin-top: 0.6em; line-height: 1.6; font-size: 1.2em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">दुईदिने सो गोष्ठीमा प्रदेश नं ७ मा जन्मथलो भई राजधानी र देशका अन्य भागमा बसोबास गरिरहेकाहरु राजनीतिक दलका नेता, नागरिक समाज, बुद्धिजीवी, पूर्व विशिष्ट कर्मचारी, प्राध्यापकलगायतको सहभागिता रहेको छ ।
<p style="margin-top: 0.6em; line-height: 1.6; font-size: 1.2em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">नेपाल व्यवस्थापन सङ्घका अध्यक्ष तथा कार्यक्रमका संयोजक धर्मानन्द अवस्थीले बृहद् छलफलमा ७ नं प्रदेशको एकीकृत विकासका लागि प्रारम्भिक खाका तयार गरिने बताए।
<p style="margin-top: 0.6em; line-height: 1.6; font-size: 1.2em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">सुदूरपश्चिमको विकासका लागि योजना निर्माण, सामाजिक विकास र सुशासन, मानव विकास, भौतिक पूर्वाधार विकास, जलस्रोतको एकीकृत विकास, आर्थिक क्षेत्र विकास, स्वास्थ्य सरसफाइ, खानेपानी तथा कृषि, सामाजिक सुरक्षा, पर्यटन विकास र त्यसको अवधारणाका विषयमा गहन छलफल हुने कार्यक्रम संयोजक अवस्थीले बताए ।
28.12¡ÆC