बैतडीका १० ओटै स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले शपथ

असार १९, २०७४ मा प्रकाशित | 654 views

बैतडी । बैतडीका १० ओटै स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले शपथ लिएका छन् । जिल्लाका चारओटै नगरपालिका र ६ ओटै गाउँपालिकाका नवनिर्वाचित पदाधिकारीहरुले शपथ ग्रहण गरेर कार्यभार सम्लाहेका छन् ।

दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, मेलौली नगरपालिका, पुरचौडी नगरपालिकाका नवनिर्वाचित पदाधिकारीले शपथ लिएको मुख्य निर्वाचन अधिकृत धु्रव कुमार शाहले जानकारी दिनुभयो ।

यस्तै सिगास गाउँपालिका,शिवनाथ गाउँपालिका,पञ्चेश्वर गाउँपालिकाका नवनिर्वाचित पदाधिकारीहरुले शपथ लिएको उहाँले बताउनुभयो । सुर्नया गाउँपालिका र डिलाशैनी गाउँपालिकाका नवनिर्वाचित पदाधिकारीहरुले हिजो नै शपथ ग्रहण गरेर कार्यभार सम्हालेका थिए ।

दशरथचन्द नगरपालिकाका नवनिर्वाचित पदाधिकारीहरुलाई जिल्ला न्यायधिश एवं मुख्य निर्वाचन अधिकृत धुव्र कुमार शाहले शपथ ग्रहण गराउनुभएको थियो । यसैगरी पाटन नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले पनि आईतबार नै शपथ ग्रहण गरेका छन् ।

नवनिर्वाचित मेयर तथा उपमेयरलाई निर्वाचन अधिकृत सिद्धराज जोशीले शपथ ग्रहण गराउनुभएको थियो भने वडा अध्यक्षहरुलाई मेयर केशवबहादुर चन्दले शपथ ग्रहण गराउनुभएको थियो ।

यसैगरी मेलौली नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई पनि आजै शपथ ग्रहण गराइएको छ । निर्वाचन अधिकृत श्यामकृष्ण पौडेलले मेयर तथा उपमेयरलाई शपथ ग्रहण गराउनुभयो भने वडा अध्यक्षहरुलाई मेयर कृष्णसिंह नायकले शपथ ग्रहण गराउनुभयो ।

जिल्लाका अन्य स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुलाई निर्वाचन अधिकृतहरुले शपथ ग्रहण गराउनुभएको थियो । यस्तै सुर्नया गाउँपालिकाको वडा नं ४ का नवनिर्वाचित सदस्यहरुलाई वडा कार्यालयमा शपथ ग्रहण गराइएको छ । वडासदस्यहरुलाई वडा अध्यक्ष दिनेशप्रसाद भट्टले शपथ ग्रहण गराउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web