देउवाको गृह जिल्ला डडेल्धुराको अमरगढी नगरपालिकामा मेयर र उपमेयर दुबैमा एमाले विजयी

असार १६, २०७४ मा प्रकाशित | 1291 views

डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लामा नेकपा एमाले विजयी सुरुवात गरेका छ ।

अमरगढी नगरपालिकाको प्रमुखमा एमालेका उम्मेदवार विश्वेश्वरप्रसाद ओझा (विपिन) विजयी भएका छन् भने उपप्रमुखमा पनि एमालेकै संगीता भण्डारी विजयी भइन् ।

एमाले उम्मेदवार विश्वेवरप्रसाद ओझाले ३ हजार ७६८ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार डिल्लीराज जोशीले ३ हजार ६४० मत प्राप्त गरे । प्रमुखमा जोशी भन्दा १२८ मत बढी मत ल्याएर ओझा विजयी भएका हुन् । माओवादी केन्द्रका उम्मेदवार शोभा भट्टले ३३९ मत प्राप्त गरिन् । उपप्रमुखमा एमालेकी संगिता भण्डारीले ३ हजार ५१७ मत प्राप्त गरी विजय भएकी छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रसकी पार्वती झुकालले ३ हजार २६९ मत प्राप्त गरिन् भने माओवादीका करुणाकर ओझाले ७ सय १७ मत पाए । राप्रपा उम्मेदवार अनिता देवी थापाले १३० मत, नयाँ शक्ति पार्टी नेपालका तर्फबाट नगरप्रमुखका उम्मेदवार अस्मि सिनालले १३ मत, राष्ट्रिय जनमोर्चाका नर बहादुर झुकालले ४० मत मधेशीजनाधिकार फोरमका उम्मेदवार नरेश जैरुले १० मत,  नेपाल दलित पार्टीका राज टमटाले ४९ मत र  स्वतन्त्र उमेदवार नरभान पार्कीले ७८ मत प्राप्त गरेका छन् ।

यसैगरि नगरउपप्रमुखमा नयाँशक्ति पार्टी नेपालका टेकराज भट्टले १६ मत, राप्रपाका राजेन्द्र भण्डारीले ४३१ मत, नेपाल दलित पार्टीका सितादेवी टमटाले १५ मत प्राप्त गरेका छन् ।

अमरगढी नगरपालिकामा ऐतिहासिक जित हासिल गरेपछि एमालेले विजय उत्सव मनाएको  छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय बाट निकालिएको ¥याली बागबजार, खलंगा, तुफानडाडा, किर्तिपुर हुदै नगर परिक्रमा गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेस जिताउन ४ दिन जिल्लामा बसेका भएपनि अमरगढीमा भने एमालेले देउवालाई झड्का लगाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web