खोटाङ जिल्ला भरको पछिल्लो मत परिणाम यस्तो छ

असार १६, २०७४ मा प्रकाशित | 1268 views

खोटाङ ।

खोटाङका २ नगरपािलका र ८ गाउँपालिका रहेको खोटाङका १०  वटै स्थानीय तहमा मत गणना जारी रहेकोे छ । हामीलाई प्राप्त पछिल्लो जानकारी अनुसार रुपाकोट मझुवागढी नगरपालिकामा माओबादी केन्द्रकी मेयर दुर्गाजयन्ती राईले अग्रता कायम गर्नुभएको छ ।  राईले १९६१ मतका साथमा अग्रता कायम गर्नु भएको छ ।

कांग्रेसका राजनशेर राईले १८३६ मत, एमालेका दिपनारायण रिजालले १७६० मत प्राप्त गर्नुभएको छ । उपमेयरमा माओबादी केन्द्रका होमकाजी आचार्यले २१९८ मत, कांग्रेसकी कान्ता केसीले १७०६ मत, एमालेकी बिनादेवी राईले १६१४ मत प्राप्त गर्नुभएको छ ।

१५ वटा वडा रहेको नगरपालिकामा पाँच वटा वडाको मतगणना सकिँदा काँग्रेसले तीन र माओवादी केन्द्रले दुई वटा वडामा जित हाँसिल गरेको छ । जसमा वडा नम्बर एकमा काँग्रेसका टंक आचार्य, ६ मा माओवादी केन्द्रका माधव राई, ७ मा काँग्रेसका महन्त राई, ११ मा काँग्रेसका रामचन्द्र राई, १२ मा माओवादी केन्द्रका विकास राईले जित हाँसिल गर्नुभएको छ । अहिले वडा नम्बर २, ३ र १३ को गणना भइरहेको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले जानकारी दिनुभयो ।

हलेसी तुवाचुङ नगरपालिकामा कांग्रेसका मेयर इवन राईले ८०० मत, एमालेका खडेन्द्र राईले ६९६ मत माओवादी केन्द्रका हरिश्चन्द्र गिरीले ४४१ मत प्राप्त गर्नुभएको छ । यस्तै उपमेयरमा कांग्रेसकी बिमला राईले ८७१ मत, एमालेकी मनिषा राईले ६८७ मत माओवादी केन्द्रकी कल्पना राईले ३३५ मत प्राप्त गरेको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

दिप्रुङ गाउँपालिकामा नेपाली कांग्रेसका प्रमुख भुपेन्द्र राईले १४८८ मत, एमालेका अर्जुन रोकाले ८९१ मत र दिपक पाण्डेले ७५३ मत प्राप्त गर्नुभएको छ । यस्तै उपप्रमुमा काँग्रेसकी सपना राईले ११०६ मत, एमालेकी अम्बिका राईले ९५१ मत र माओवादी केन्द्रकी कल्पना राई(सोनिया) ले ८६५ मत प्राप्त गर्नुभएको छ । ७ वटा वडा रहेको गाउँपालिकामा दुई वटा वडाको मतगणना सकिँदा काँग्रेसले दुबै  वडामा जित हाँसिल गरेको छ ।

साकेला गाउँपालिकामा नेपाली कांग्रेसका प्रमुख इच्छुराम रानाले ५४९ मत, एमालेका अविश्चन्द्र राईले ५३४ मत र माओवादी केन्द्रका अर्जुन कुमार खडकाले  ४३१ मत प्राप्त गरेका छन् । यस्तै उपप्रमुमा माओवादी केन्द्रकी बिर्सिका राईले ५८७ मत, काँग्रेसकी सरिता खड्काले ५४४  मत र एमालेकी चन्द्रकला ढकालले ४५६ मत प्राप्त गरेका छन् । ५ वटा वडा रहेको गाउँपालिकामा दुई वटा वडाको मतगणना सकिँदा काँग्रेसले एक र माओवादी केन्द्रले एक  वडामा जित हाँसिल गरेके छन् ।

ऐसेलुखर्क गाउँपालिकामा नेपाली कांग्रेसका प्रमुख विश्वनाथ निरौलाले ११८७ मत, एमालेका गृहबहादुर राई राईले ११७४ मत र माओवादी केन्द्रका श्रीबहादुर राईले  ९६५ मत प्राप्त गरेका छन् । यस्तै उपप्रमुमा एमालेकी पुष्पकला भुजेलले १२०२ मत, काँग्रेसकी शान्ति राइले १०२२ मत र माओवादी केन्द्रकी उर्मिला लम्सालले १०५१ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web