अछामको रामारोशन गाँउपालिकामा माओवादी केन्द्रले खाता खोल्यो

असार १५, २०७४ मा प्रकाशित | 1161 views

अछाम ।

रामारोशन गाउँपालिकामा माओवादी केन्द्रले अग्रता कायमै गरेको छ । पछिल्लो परिणाम अनुसार माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेद्धार झंकर साउद भास्करले ५१८  नेकपा एमालेका चक्र रावल ३३१ र काँग्रेसका अनुराधा स्वार रावलको ३४ मत प्राप्त गर्नुभएको छ ।

यस्तै उपप्रमुखमा माओवादी केन्द्रका सरस्वती रावलले ५६१ नेकपा एमालेका बिन्द्रा साउदले ३३२ र नेपाली काँग्रेसका चन्द्र बिकले २७ मत पाएका छन् । उक्त गाँउपालिकाको वडानम्वर १ मलाँतिकोटवाट मतगणना कार्य सुरु गरिएको हो ।

उक्त वडामा वडा अध्यक्ष माओवादी केन्द्रवाट खडक बहादुर साउदले ५ सय ६१ मत ल्याएर बिजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका रतन साउदले ३३९ मत ल्याउनु भयो ।

नेपाली काँग्रेसका लक्ष्मी थापाले २६ मत प्राप्त गर्नुभएको छ । वडा नम्बर १ मा माओवादी केन्द्रको प्यानल नै बिजयी भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web