धनगढी ।

कैलाली सदरमुकाम धनगढीमा बम विस्फोटमा परी एक जनाको मृत्यु भएको छ ।

बम बिष्फोटमा परि धनगढी उमहानगरपालिका १२ जुगेडाका चन्द्र बहादुर सिंहको मृत्यु भएको कैलाली प्रहरी प्रमुख एसपी अर्जुन चन्दले बताउनु भयो । उनि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कम्युनिष्ट पार्टीका कार्यकर्ता हुन् ।

स्थानिय निर्वाचनमा त्रास फैलाउने उदेश्य सहित विस्फोट गराउन बोकेर हिँडेको बम बिष्फोटन हुदा गम्भिर घाइते भएका सिंहको सेती अचल अस्पतालमा उपचारका क्रममा गयराती ४ बजेतीर मृत्यु भएको उहाले बताउनु भयो ।

उनी बिप्लव माओवादीका जिल्ला सदस्य रहेको पाइएको छ । प्रहरीले समेत मृतक बिप्लव माओवादीमा आवद्ध रहेको बताएको छ ।

धनगढी स्थित सेती अचल प्रहरी कार्यालय परिसरदेखि उत्तरतर्फ करिव ३ सय मिटरको दुरीमा गएराती ९ बजेतिर बम बिष्फोटन भएको बताइएको छ ।

19.12¡ÆC