काठमाडौं ।

त्रिवि शिक्षण अस्पतालका प्रा.डा. गोविन्द केसीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेख्दै असार ३१ गतेभित्र आफ्ना तीनबुँदे माग पुरा गर्न अल्टिमेटम दिएका छन् । नभए अमरण अनसन बस्ने उनको चेतावनी छ ।

डा. केसीले आफूहरूको सुझाव अनुसार चिकित्सा शिक्षा ऐन तत्काल पारित गर्न, विद्यार्थी भर्ना, शुल्क र सिटसम्बन्धी आइओएमबाट कटौती गरेर त्रिविमा लगिएका अधिकारहरु तत्काल फिर्ता गर्न र आइओएमलाई थप स्वायत्तता दिने सम्झौता कार्यान्वयन गर्न माग गरेका छन् ।

साथै आइओएममा सहायक डिन र क्याम्पस प्रमुख पदमा तत्काल डिनको सिफारिशअनुसार नियुक्ति गर्नु पर्ने र त्रिवि उपकुलपति तीर्थ खनियाँ त्रिवि कार्यकारी परिषद्का सदस्यहरुलाई बर्खास्त गर्नु पर्ने उनको माग छ ।

अख्तियारका पूर्वप्रमुख लोकमान सिंह कार्कीमाथि संसदले पठाएको छानविन प्रतिवेदन मन्त्रिपरिषद्बाट पारित गरेर कार्यान्वयन गर्नु पर्ने पनि डा. केसीको माग छ ।

‘विगतका सम्झौताहरु कार्यान्वयन हुनुको सट्टा त्यसविपरीत थप कामहरु हुँदै जाने र नेपालमा मेडिकल शिक्षाको गुणस्तर झनै खस्केर जाने हुँदा हामीसित कडा प्रतिरोधमा उत्रनुको विकल्प छैन, प्रधानमन्त्री देउवालाइ पठाएको पत्रमा उनले भनेका छन्, त्यसैले निम्न मागहरु पूरा गर्न सरकारलाई यही असार ३१ गतेसम्मको अल्टिमेटम दिन चाहन्छौं । तबसम्म यी माग पूरा नभएमा सत्याग्रहको कार्यक्रम शुरु गर्ने जानकारी गराउँछु ।’

डा. केसीको पत्र पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीलाइ पनि बोधार्थ पठाइएको छ ।

17.31¡ÆC