प्रचारप्रसारमा रहेका एमाले परशुराम नगर कमिटीका अध्यक्ष महताको निधन

असार १०, २०७४ मा प्रकाशित | 966 views

डडेल्धुरा । नेकपा एमाले परशुराम नगर कमिटीका अध्यक्ष बहादुर सिंह महताको गए राती निधन भएको छ । बिगत देखी राजनितिमा सक्रिय महताको स्थानीय तहको निर्वाचन प्रचारप्रसार कार्यक्रमको घर दैलो अभियानका क्रमका परशुराम नगरपालिका ११ जिमिरखाली पुगेका महताको एक्कासी स्वास्थ्यमा समस्या आएपछि उनी  सिकिस्त भएका थिए ।

हिजो दिउँसो करीब २ बजे स्वास्थ्य समस्याका कारण सिकिस्त भएका महताको गाउँमा स्वास्थ्य चौकि नभए पछि उपचारका लागी बुडर लगिएको थियो । बुडरमा सामान्य उपचार पछि अलि सञ्चो भई जोगबुडा लगीएको र त्यहाँ अभैm समस्या बल्झिए पछि जोगबुडा अस्पतालमा भर्ना गरी उपचार गर्दै गर्दा उपचारका क्रममा राती १ बजे निधन भएको उनका आफन्त मान बहादुर धामीले बताउनु भयो ।

४० वर्षका कर्तब्यनिष्ठ महताको निधनले सम्पुर्ण जोगबुडा क्षेत्र शोकमा डुबेको छ । आफ्ना एक कुशल नेताको निधनले भित्रि मधेसको राजनितिमा ठुलो क्षति पुगेको भन्दै नेकपा एमाले डडेल्धुराले दुःख व्यक्त गरेको  छ ।

अन्य कारण भने खुल्न सकेको छैन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web