बारपाकमा भूकम्प स्मृति उद्यान बन्ने भो

असार ९, २०७४ मा प्रकाशित | 1133 views

बारपाक (गोरखा) ।

बारपाक केन्द्र बनाएर ‘गोरखा भूकम्प’ जाँदा देशका बिभिन्न जिल्लामा मृत्युवरण भएकाहरुको सम्झनामा बारपाकमा भूकम्प स्मृति उद्यान र मृतकहरुको नामसहितको स्तम्भ निर्माण कार्य सुरु भएको छ ।

पहिलो चरणमा उद्यानको चारैतर्फ घेराबार गर्ने र दोस्रो चरणमा स्तम्भ निर्माणका साथै अन्य पूर्वाधारहरु निर्माण गर्ने गरी काम सुरु भएको हो । राष्ट्रपति बिद्यादेवी भण्डारीले गत बर्ष बैशाख १२ मा बारपाक पुगेर उद्यानको शिलान्यास गरेपनि कार्यक्रम स्वीकृत भई बजेट आउन एक बर्ष लागेको थियो ।

यस आर्थिक बर्षमा उद्यानको घेराबार गर्न रु. दुई करोड बजेट आएको सहरी बिकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख रोशन श्रेष्ठले जानकारी दिनुभयो । घेराबारका लागि टेण्डर आब्हान गरिसकिएको बताउँदै श्रेष्ठले बारपाकमा काम पनि सुरु भइसकेको छ भन्नुभयो ।

श्रेष्ठले भन्नुभयो, ‘भूकम्प जाँदा जस्तो अवस्थामा बारपाक थियो त्यही अवस्थालाई लाइभ म्युजिमय बनाउने उद्देश्यले उद्यान निर्माण सुरु गरिएको छ ।’ साविक बारपाक गाबिस ५ दलितबस्तीका ४० घरधुरीका दलित समुदायलाई अन्यत्र स्थानान्तरण गरी त्यहाँ उद्यान र स्तम्भ निर्माण गर्न लागिएको हो ।

सुलिकोट गाउँपालिका १ का वडाध्यक्ष रोशन बिकले स्मृति पार्क निर्माणसंगै दलित बस्तीका समुदायलाई स्थानान्तरण गर्नुपर्ने बताउनुभयो । ‘दलित समुदायलाई बर्खा छिप्पिनुअघि नै सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्छ । जग्गाको सट्टाभर्ना गर्न ढिलाइ गर्नुभएन ।’

सुरक्षित जग्गाको खोजीमा डेढ बर्षदेखि दलित समुदायहरु टहरोमा बस्दै आएका थिए । सात रोपनी क्षेत्रफलको जग्गा खोजी भइरहेको छ । आफ्नो नाउँमा जति क्षेत्रफलको जग्गा थियो त्यही क्षेत्रफलको जग्गा उपलब्ध गराउनेगरी जग्गाको सट्टाभर्ना गर्न लागिएको हो ।

बारपाकको पोखरी गाउँका केही घर, स्नानका दश घर, स्यागेका १६ घर र कोजे गाउँ अन्यत्र स्थानान्तरण गर्नुपर्ने भएपनि काम सुरु भएको छैन । यी बस्तीहरु भूकम्पले चिराचिरा बनाएका छन् भने पहिरोको उत्तिकै जोखिममा रहेका छन् ।

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जोखिममा रहेका बस्तीहरु स्थानान्तरण गर्नेबारे जिल्ला दैबीप्रकोप उद्धार समितिमा छलफल अघि बढाइएको जानकारी दिनुभयो । गोरखाका बिभिन्न २३ बस्तीहरु अन्यत्र स्थानान्तरण गर्नुपर्ने भएपनि लाप्राकबाहेक अरु बस्ती सुरक्षित ठाउँमा सारिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web