निर्वाचन आचार संहिता विपरित निर्वाचन आयोगकै सचिवको सरुवा

असार ८, २०७४ मा प्रकाशित | 726 views

काठमाडौं ।

शेरबहादुर देउवा सरकारले निर्वाचन आचार संहिता विपरित निर्वाचन आयोगकै सचिवको सरुवा गरेको छ ।

निर्वाचन आचार संहिता लागु भएको समयमा सरुवा बढुवा गर्न नपाइने भएपनि दोस्रो चरणको चुनावी प्रक्रिया चलिरहेका बेला देउवा सरकारले निर्वाचन आयोगका सचिवको सरुवा गरेको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगका सचिव गोपीनाथ मैनालीको सरुवा गरेको हो ।

उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ल्याइएको छ । गोपिनाथ मैनालीसहित राजन खनाल र शिशिर ढुङगानाको पनि सरकारले सरुवा गरेको छ ।

अर्थ मन्त्रालयमा रहेका खनाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ । अख्तियारका सचिव पूर्णचन्द्र भट्टराईले अवकास पाएपछि त्यहाँ सचिव पद रिक्त थियो ।

यसैगरी ढुङगानालाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ । ढुङ्गाना क्षेत्रीय प्रशासन कार्यालय दिपायलमा थिए ।

आयोगमा सामान्य प्रशासन मन्त्रालयका सहसचिव महेश्वर न्यौपानेलाई कामु सचिवमा सरुवा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web