रुपन्देही ।

रुपन्देहीको लुम्बिनीमा निमार्णाधीन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य ३० प्रतिशतभन्दा बढी सकिएको छ ।

नेपाल सरकार र एसियाली विकास बैंकको सहयोगमा सासेक परियोजना अन्तर्गत निर्माण भइरहेको विमानस्थलको आन्तरिक तर्फको काम अधिकांश सकिएको र अब छिट्टै संरचना निर्माणको काम शुरु हुन लागेको विमास्थल निर्माण आयोजनाका प्रमुख ओम शर्माले जानकारी दिनुभयो ।

सन् २०१७ को अन्त्यसम्मा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ चिनियाँ कम्पनीले निर्माण गरिरहेको विमानस्थलको निर्माणको काम नाकाबन्दी तथा ठेकेदारको आन्तरिक विवालको कारण तीव्रताका साथ अघि बढ्न सकेको छैन ।

16.6¡ÆC