राप्रपा कमल थापा चुनावपछि फेरी सरकारमा जाँदै

असार ७, २०७४ मा प्रकाशित | 734 views

काठमाडौं ।

काँग्रेस माओवादी नेतृत्वको पुष्पकमल दाहाल सरकार छाडेर प्रतिपक्षमा बसेको कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी दोस्रो चरणको स्थानीय तह निर्वाचनपछि फेरी देउवा नेतृत्वको सरकारमा जाने भएको छ ।

पार्टीभित्रबाट चुनाव अगाडि सरकारमा नजानका लागि दबाब रहेकाले त्यस बारेमा चुनावपछि मात्र निर्णय गर्न लागिएको राप्रपाले बताएको छ ।

उपप्रधानमन्त्री सहित दाहाल सरकारमा सहभागी भएको राप्रपा त्यसअघि रहेको केपी वली नेतृत्वको सरकारमा समेत उपप्रधानमन्त्री सहित सहभागी थियो ।

जुनसुकै दलको नेतृत्वमा सरकार बनेपनि सहभागी भइहाल्ने सत्तामुखी प्रवृत्तिकै कारण पहिलो चरणको स्थानिय तह निर्वाचनमा केही स्थानमा मात्र न्यून संख्यामा स्थानिय प्रतिनिधि चयन भएको राप्रपाका नेता कार्यकर्ताहरुले नै आरोप लगाउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web