एमालेका १० जिल्ला अध्यक्ष चुनावी मैदानमा

असार ७, २०७४ मा प्रकाशित | 1131 views

काठमाडौं । दोस्रो चरणको स्थानीय चुनाव हुन लागेका ३५ जिल्ला मध्ये ८ जिल्लामा एमालेका जिल्ला अध्यक्षहरु नै चुनावी मैदानमा उत्रिएका छन् ।

पहिलो चरणमा जस्तै सबैभन्दा धेरै जिल्ला अध्यक्षहरु चुनावी मैदानमा गएका छन् ।

एमालेका सबैभन्दा धेरै जिल्ला अध्यक्ष प्रदेश नम्बर १ बाट मैदानमा छन् भने सात नम्बर प्रदेशका कुनै पनि जिल्ला अध्यक्ष चुनावी मैदानमा गएका छैनन् । केन्द्रीय सदस्य पनि चुनावी प्रतिस्पर्धामा गएका छैनन् ।

एमालेका मोरङ जिल्ला अध्यक्ष बिनोद ढकाल विराटनगर महानगरपालिकाको मेयर उम्मेदवार बनेका छन् ।

सुनसरी जिल्ला कमिटी अध्यक्ष द्वारिकलाल चौधरी इटहरी उपमहानगरपालिकाको मेयरको उम्मेदवार बनेका छन् ।

त्यसैगरी एमालेका झापा जिल्ला अध्यक्ष चिन्तन पाठक पनि चुनावी मैदानमा गएका छन् । उनी बुद्धशान्ति नगरपालिकाको मेयर उम्मेदवार बनेका छन् ।

पाँचथरको फिदिम नगरपालिकामा एमालेका जिल्ला अध्यक्ष राजकुमार भण्डारी मेयर उम्मेदवार बनेका छन् । लिम्बु समुदायको बाहुल्य रहेको जिल्लामा सांसदको टिकट बाहुन क्षेत्रीले पाउने सम्भावना नरहेकाले उनी मेयरको उम्मेदवार बनेका हुन् ।

एमालेका भोजपुर जिल्ला अध्यक्ष प्रेमकुमार राई जिल्लाको हतुवागढी गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका छन् । दोस्रो पटक एमाले जिल्ला कमिटी अध्यक्ष बनेका राईको गाउँपालिकामा अर्को संयोग के देखिएको छ भने उनका विरुद्ध जिल्लामा दर्ता भएका सबै दलले तालमेल गरेका छन् ।

भोजपुरका अधिकांश स्थानीय तहमा कांग्रेस, माओवादी र संघीय समाजवादीले तालमेल गरेका छन् । एमाले जिल्ला अध्यक्षविरुद्ध खम्बुवान, राप्रपा लगायतका दलसमेत एकजुट भएका छन् ।

एक नम्बर प्रदेशकै ओखलढुंगा जिल्लाको एकमात्र नगरपालिका सिद्धिचरणको मेयरमा एमाले जिल्ला अध्यक्ष मोहनकुमार श्रेष्ठ उम्मेदवार बनेका छन् । श्रेष्ठ साबिक ओखलढुंगा गाविसका पूर्वअध्यक्ष हुन् ।

५ नम्बर प्रदेशबाट ४ जना

प्रदेश नम्बर ५ बाट एमालेका ४ जना जिल्ला अध्यक्ष चुनावी मैदानमा छन् । बुटवल उपमहानगरपालिकाको मेयरमा एमालेका रुपन्देही जिल्ला अध्यक्ष शिवराज सुवेदी उम्मेदवार बनेका छन् । सुवेदीविरुद्ध बुटवलमा कांग्रेस, माओवादी र जनमुक्ति पार्टीबीच गठबन्धन भएको छ ।

बर्दियाको गुलरिया नगरपालिकाको मेयरमा एमालेका जिल्ला अध्यक्ष हरिप्रसाद ज्ञवाली उम्मेदवार बनेका छन् । त्यस्तै प्युठानको प्युठान नगरपालिकामा एमालेका जिल्ला अध्यक्ष तुलसीराम शर्मा मेयरको उम्मेदवार बनेका छन् ।

त्यस्तै गुल्मीको छत्रकोट गाउँपालिकाको अध्यक्षमा एमाले गुल्मी जिल्ला कमिटी अध्यक्ष मधुकृष्ण मन्थ उम्मेदवार बनेका छन् । उनी ०५४ सालमा पनि गाविस अध्यक्ष निर्वाचित भएका थिए । उनीविरुद्ध कांग्रेस र माओवादीले तालमले गरेका छन् ।

एमालेले स्थानीय तहको महत्व धेरै रहेकाले सकेसम्म जिल्लाका अध्यक्ष र पदाधिकारीहरुलाई नै चुनावी मैदानमा जान प्रेरित गरेको केन्द्रीय प्रचार विभाग सचिव विष्णु रिजालले बताए । उनले जिल्ला उपाध्यक्ष र सचिवहरु उम्मेदवार बनेको बताए ।

यसअघि पहिलो चरणमा चुनावी मैदानमा गएका अधिकांश एमाले जिल्ला अध्यक्षहरु बिजयी भएका थिए । दोलखाका ईश्वरचन्द्र पोखरेल, काभ्रेका टोकबहादुर वाइबा, सल्यान जिल्ला अध्यक्ष गोविन्द पुनले चुनाव जितेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web