काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिलाई रोक्न चाहने र मुलुकलाई सधैभरि अस्थिर राख्न चाहने सबै पक्षले एक भएर एमाले विरुद्ध निषेधको राजनीति गरिरहेको आरोप लगाएका छन् ।

पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा आज आयोजित कार्यक्रममा अध्यक्ष ओलीले आफ्नो पार्टीलाई तराई मधेस विरोधी भनेर फिंजाइएको भ्रम समाप्त हुँदै गएको र एमाले सिंगो राष्ट्रलाई विकासको बाटोमा अघि बढाउन लागेको दाबी गरे ।

अध्यक्ष ओलीले राष्ट्रिय जनता पार्टीलाई देखाएर सत्तापक्षले नै २ नम्बर प्रदेशमा निर्वाचन सारेको आरोप लगाए ।

उनले ६ वटा प्रदेशमा निर्वाचन गर्ने तर एउटा प्रदेशमा मात्र स्थानीय निर्वाचन नगरेर स्थनिय तह थप्ने योजना अनुसार चुनाव सारिएको भन्दै यस्तो कुरा आफ्नो पार्टीलाई स्वीकार्य नहुने समेत स्पष्ट पारे ।

27.12¡ÆC