जिप दुर्घटना, दुई जनाको मृत्यु

असार १, २०७४ मा प्रकाशित | 992 views

बैतडी । बैतडीमा आज जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बैतडीको तल्लोस्वराडको सुल्लेखानवाट कुस्मतघाटतर्फ गईरहेको से १ च ११५८ नम्वरको जिप आज बिहान ११ बजे शिवनाथ २ को बस्कोटी भन्ने ठाउँमा दुर्घटनामा परेको हो ।

दुर्घटना परी मृत्यु हुनेमा बैतडी शिवनाथ ४ सोल्फोलाका ५८ बर्षिय लाल सिंह महता र जिप चालक कैलाली अत्तरियाका शिव चौधरी रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरिक्षक हेरम्व शर्माले जानकारी दिएका छन् ।

यस्तै घाईते हुनेहरुमा जिपका साहु कैलाली गोदावरी नगरपालिका १ का हिक्मत बोहरा र बैतडी मेलौली नगरपालिका ९ बिशालपुरका हरी दत्त भट्ट रहेका छन । घाईतेको स्थानीय शर्माली स्वास्थ्य चौकीमा उपचार भईरहेको छ ।

जिपको अगाडीको बाँयासाईडको चक्का निस्किएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । जिप सडकबाट २० मिटर तल खोलामा खसेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web