काठमाडौं । सरकारले तराई मधेसका केही जिल्लामा स्थानीय चुनाव सार्ने तयारी गरेको छ । तर, आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपालले चुनाव सार्दा भाग लिने प्रतिवद्धता जनाएको छैन ।

प्रधानमन्त्री शेरबहादुर देउवाको आहृवानमा बुधबार सुरुमा प्रमुख तीन दल, राजपा र त्यसपछि कांग्रेस, माओवादी र राजपा नेताहरुको बैठक बसेको थियो ।

एमालेसहितको बैठकमा राजपालाई चुनावमा ल्याउनेबारे सामान्य छलफल भएपनि कुनै सहमति हुन सकेन । प्रधानमन्त्री शेरबहादुर देउवाले अब के गर्ने भन्दै सल्लाह मागेका थिए । राजपा नेताहरुले आफूहरुको कुनै माग पुरा नभएको भन्दै यथास्थितिमा चुनावमा नजाने बताए ।

एमाले नेताहरुले भने असार १४ मै चुनाव हुनु पर्ने अडान राखेका छन् । साथै चुनाव अघि संविधान संशोधन र स्थानीय तहको संख्या बढाउन नसकिने बताए ।

घाइतेको उपचार खर्च लगायतका माग आपसमा बसेर पुरा गर्न सकिने एमाले नेताहरुले बताए । चुनाव सार्ने कुरा आफूहरुलाई स्वीकार्य नभएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले अनलाइनखबरलाई बताए ।

एमाले नेताहरु बाहिरिएपछि कांग्रेस, माओवादी र राजपा नेताहरुको बैठक बसेको थियो । त्यहाँ भने राजपाका नेताहरुले प्रदेश नम्बर २ र ५ को चुनाव सार्न र आफ्ना राजनीतिक मागहरु पुरा गर्नु पर्ने बताएको छ ।

तर, मिति सारेर प्राविधिक विषय सम्बोधन गर्दा पनि चुनावमा आउने आउने कुनै लिखित प्रतिवद्धता राजपाले जनाउने संकेत देखिएको छैन । बैठकमा नारायणकाजी श्रेष्ठसहितका केही नेताले भने प्राविधिक विषय सम्बोधन गर्दा चुनावमा आउने लिखित प्रतिवद्धता जनाउने हो भनेर राष्ट्रिय जनता पार्टीका नेताहरुलाई प्रश्न गरेका थिए ।

नेताहरुका अनुसार प्रदेश नम्बर २ को चुनाव सार्ने सम्भावना बढी छ । यसका साथै प्रदेश नम्बर ५ का केही जिल्ला नवलपरासी, रुपन्देही र कपिलबस्तुको पनि चुनाव दुई नम्बर प्रदेशसँगै गर्ने खतरा पनि छ ।

यो क्षेत्रमा असार १४ गते चुनाव नगरे कहिले गर्ने भन्ने कुनै टुंगो लागेको छैन ।

बुधबारको बैठकमा नभएका तर, सत्तारुढ दलहरुको सम्वादमा रहेका उपप्रधानमन्त्री विजयकुमार गच्छदारले बिराटनगर पुगेर तराई मधेसका ११ जिल्लामा तेस्रो चरणमा चुनाव गर्नु पर्ने प्रस्ताव गरेका छन् । साथै उनले अब त्यहाँ कात्तिक तेस्रो साता चुनाव हुने सम्भावना रहेको बताएका छन् ।

बैठकपछि माओवादी केन्द्र नेता नारायणकाजी श्रेष्ठले भने, ‘छलफल राजपालाई पनि चुनावमा सहभागी गराउने सम्भावनाका विषयमा नै केन्द्रित थियो, तर बिहीबार १० बजे बस्ने गरी टुङ्गिएको छ ।’

राजपाका नेता शरदसिंह भण्डारीले सबै राजनीतिक दललाई चुनावमा जाने वातावरण सिर्जना गर्नका लागि राजपाले स्पष्टसँग माग राखेको बताए । तर, अहिलेसम्म चुनावमा जाने वातावरण सिर्जना नभएको र वातावरण नभएमा दुर्भाग्यपूर्ण अवस्था हुने उनको चेतावनी छ ।

28.12¡ÆC