राजपा कार्यकर्ताले तालिमस्थल घेराहाली ३५ मतदान अधिकृतलाई नियन्त्रणमा लिए

जेष्ठ ३१, २०७४ मा प्रकाशित | 692 views

सप्तरी ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका कार्यकताहरुले सप्तरीमा खटिएका करिब ३५ जना मतदान अधिकृतहरुलाई नियन्त्रणमा लिई छाडेका छन् ।

सुरक्षा निकायले तत्काल मतदान अधिकृत नछाडे कारवाही गर्ने बताएपछि राजपा कार्यकर्ताले मतदान अधिकृतहरु छाडेका हुन् ।

आगामी असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई आज विहान  ११ बजे निर्वाचनसम्बन्धी तालिम राखेका थिए   ।

बिहाननै तालिमस्थल पुगेका राजपा कार्यकर्ताहरुले प्रवेशद्वारमै मतदान अधिकृतहरुलाई नियन्त्रणमा लिएका थिए ।

केही बेर नियन्त्रणमा राखेर मतदान अधिकृतहरुलाइ घर तर्फ फरकाईएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web