राजपाद्धारा फेरी चुनाव सार्न माग

जेष्ठ २७, २०७४ मा प्रकाशित | 891 views

काठमाडौं ।

तराई केन्द्रित राजनीति गर्दै आएका नेताहरु मिलेर बनेको राष्ट्रिय जनता पार्टीले फेरी चुनाव सार्न माग गरेको छ । यसअघि जेठ ३१ गतेको चुनाव समेत सार्न माग गरेको उसले असार १४ गतेको निर्वाचन सार्न सत्ताघटक दलहरुसँग माग गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको आहृवानमा शनिबार सिंहदरबारमा बसेको बैठकमा निर्वाचनमा जाने विषयमा समेत भारतीय राजदूतलाई भेटेर सल्लाह मागेका राजपाका नेताहरुले अहिलेको अवस्थामा चुनावमा जान नसक्ने भन्दै मिति सार्न माग गरेका हुन् ।

चुनाव सार्न माग गरेका उनिहरुले आफूहरुको सहभागिता विना चुनावको अर्थ नहुने तर्क गर्दै  आफ्ना माग पुरा गरेमात्र चुनावमा सहभागी हुने बताएका हुन् ।

बैठकमा सत्ताघटक दलहरुले प्राविधिक विषयहरु सम्वोधन गरेर अघि बढ्न तयार रहेको भन्दै चुनाव सार्न सम्भव नभएको जवाफ दिएको माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिएका छन् ।

राजपाकै कारण सरकारले यसअघि जेठ ३१ मा तय गरेको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको थियो । जस अनुसार बैशाख ३१ मा  ३, ४ र ६ नम्बर प्रदेशमा स्थानिय चरण निर्वाचन भइसकेको छ भने १, २, ६ र ७ प्रदेशमा असार १४ गते निर्वाचन हुँदैछ । जसको तयारी अन्तिम चरणमा पुगीसकेको निर्वाचन आयोगले बताएको छ ।

बाहिरि रुपमा जनसंख्याको आधारमा निर्वाचन क्षेत्र माग लगातका विषय देखाइएपनि भित्रि रुपमा भारतीय हिन्दी भाषालाई नेपालको कामकाजी भाषा बनाउनुपर्ने, नेपाली नागरिकता लिएका भारतीयले नेपालको राष्टपति समेत बन्न पाउनुपर्ने जस्ता राष्टघाती माग गर्दै आएको मोर्चामा आवद्ध राजेन्द्र महतो लगायत कतिपय नेताहरुले नेपाली अंगिकृत नागरिकता लिएका छन् ।उ

निहरुको जन्म भारतमा भएको हो भने नेपाली नागरिकता लिएर नेपाली राजनीतिमा प्रवेश गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web