झापामा मोटरसाईकलको ठक्करबाट युवतीको मृत्यु

जेष्ठ १४, २०७३ मा प्रकाशित | 857 views

१४ जेठ, झापा ।
झापाको शनि–अर्जुन नगरपालिकामा गएराती मोटरसाइकलको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ ।

शनिश्चरे–बुधबारेको भित्री सडक खण्डमा साइकलमा सवार शनि–अर्जुन नगरपालिका–५ की २० वर्षीया उषा रिजाललाई बा ७३ प ६३० मोटरसाइकलले ठक्कर दिदाँ उनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएकी उषाको उपचारको क्रममा राती ८ बजे बिर्तामोड स्थित बि एण्ड सी हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि मोटरसाइकल फरार भएकाले आज बिहान मोटरसाइकल र चालक शनि–अर्जुन नगरपालिका–५ कै १७ वर्षीय रुसाहांङ लिम्बुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web