काठमाडौं ।

आज व्यवस्थापिका संसदबाट चौथौं पटक मुलुकको प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएका नेपाली काँग्रेसका सभापति देउवाको जन्म डडेलधुरा जिल्लाको रुवाखोला, आशिग्राममा वि.सं. २००३ सालमा भएको हो । हाल उहाँ बुढानिलकण्ठ नगरपालिकामा बस्दै आउनुभएको छ ।

राजनीतिशास्त्रमा स्नातोकोत्तर गर्नुभएका ७१ वर्षीय नवनिर्वाचित प्रधानमन्त्री देउवा यसअघि २०५२, २०५८ र २०६१ सालमा गरी तीनपटक प्रधानमन्त्री भईसक्नुभएको छ ।

नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका संस्थापक सदस्य र सभापति समेत रही सक्नुभएका प्रधानमन्त्री देउवा २०४८ सालको संसदीय निर्वाचनमा डडेल्धुराबाट पहिलोपटक संसदमा निर्वाचित हुनुभएको थियो र तत्कालीन सरकारमा गृहमन्त्री हुनुहुन्थ्यो ।

२०५१ सालमा नेपाली काँग्रेस संसदीय दलको नेता हुनुभएका प्रधानमन्त्री देउवा कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारका बेला २०५६ सालमा तत्कालीन माओबादी समस्या समाधान सुझाव उच्चस्तरीय समितिको संयोजक हुनुहुन्थ्यो ।

२०५८ सालमा नेपाली काँग्रेस विभाजित भएपछि उहाँको नेतृत्वमा नेपाली काँग्रेस प्रजातान्त्रिक गठन भएको थियो । २०७२ साल चैत्तमा नेपाली काँग्रेसको काठमाण्डौमा सम्पन्न तेह्रौ महाधिवेशनबाट सभापतिमा निर्वाचित हुनुभएका प्रधानमन्त्री देउवाले पटकपटक गरी १० वर्ष जेल जीवन बिताउनुभएको छ ।

27.12¡ÆC