वीरगंज ।

राजस्व छली भारतबाट नेपाल भित्राएर काठमाण्डौ लैजादै गरेको अवस्थामा लाखौ मुल्य बराबरको मेसिनरी पार्टस तथा भारतीय कपडा सहित प्रहरीले दुई वटा ट्रक आज जितपुरबाट नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यलय जितपुरका प्रहरी नायब निरिक्षक जयकृष्ण कुर्मीको कमाण्डमा खटिएको टोलीले राजस्व छलि भारतबाट भित्र्याईएको मेशिनरी पार्टस र सटिंग सुटिगका कपडा बोकेको ना २ ख ९२४२ र ना ३ ख ९५४३ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय वाराले जनाएको छ ।

प्रहरीले नियन्त्रणमा लिएको दुई वटा ट्रकलाई थप कारवाहीका लागी आन्तरीक राजश्व विभागको पथलैया स्थित क्षेत्रिय कार्यालयमा बुझाईएको छ ।

17.44¡ÆC