‘प्रचण्ड’ प्रधानमन्त्रीको रुपमा सिंहदरवारबाट विदा

जेष्ठ २२, २०७४ मा प्रकाशित | 980 views

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीको रुपमा सिंहदरवारबाट विदा भएका छन् । तर विदाइ हुँदै गर्दा उनले स्वागतका लागि पनि तयार रहन कर्मचारीहरुलाई आग्रह गरे ।

उनले आफ्नो कार्यकालमा कर्मचारीहरुबाट राम्रो सहयोग पाएको भन्दै प्रशंशा गरे । सबैभन्दा धेरै प्रशंशा उनले मुख्य सचिव सोमलाल सुवेदीको गरे । सुवेदीले पनि आफूले चार जना प्रधानमन्त्रीसँग काम गर्ने अवसर पाएको तर, प्रचण्डमा भएको जस्तो लिडरसिप र राजनीतिक इच्छाशक्ति अरुमा नभएको भन्दै प्रशंशा गरेका थिए ।

कर्मचारीको सहयोगमा आफ्नो कार्यकाल सफल भएको प्रधानमन्त्री प्रचण्डले बताए । संविधान कार्यान्वयन, स्थानीय तहको निर्वाचन, लोडसेडिङ र बन्द हड्ताल अन्त्य, आर्थिक वृद्धिदर आफ्नो सरकारको उल्लेखनीय काम भएको बताए ।

‘राजनीतिक तरलताले मुलुकमा समस्या रहेका बेला सरकार परिवर्तन किन भयो होला, प्रचण्डको नेतृत्वको सरकार किन बनाउनु परेको होला भन्ने चासो व्याप्त थियो । तपाईं कर्मचारीहरुमा पनि थियो,’ प्रचण्डले भने, ‘म यहाँ आउँदा गोल हान्छ कि हान्दैन जस्तो तपाईंहरुलाई लागेको थियो होला तर, घुमाएर गोल हानियो । त्यसको उचित जवाफ हामीले दिन सक्यौं ।’

कांग्रेससँग आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी गरेका प्रचण्डले शेरबहादुर देउवापछि पनि आफैं प्रधानमन्त्रीको रुपमा सिंहदरबार भित्रिने संकेत गरे । उनले हाँस्दै भने, ‘तपाईंहरुले आज विदाई गर्दै हुनुहुन्छ । विदामात्रै गर्ने होइन, अब स्वागतको पनि तयारी गर्नुहोला ।’

‘सही नेतृत्व भए कर्मचारी पनि सक्षम’

प्रचण्डले कर्मचारीहरुको कारण आफूले राम्रो काम गर्न सकेको बताए । विशेष गरी मुख्य सचिव सोमलाल सुवेदी दक्ष र क्षमतावान भएको भन्दै उनले प्रशंसा गरेका थिए ।

‘स्थानीय तह पुनर्संरचनाको विषयमा मुख्य सचिव ज्यूले जसरी आफ्नो विशेषज्ञता दक्षता देखाउनु भयो त्यसले मलाई काम गर्न धेरै सजिलो भयो,’ प्रचण्डले भने, ‘राजनीतिक नेतृत्वले सबै ढंगले नेतृत्व गर्नसक्यो भने नेपालका कर्मचारीहरु सक्षम छन् भन्ने कुराको पुष्टि गर्नुभयो ।’

त्यसअघि कार्यक्रमको सुरुवातमा मुख्य सचिव सुवेदीले स्थानीय तहको पुनर्संरचना गरेर अधिकार सम्पन्न बनाइए पनि शक्ति सन्तुलन मिलाउने र व्यवस्थापन गर्ने मुख्य चुनौति रहेको बताएका थिए । साथै उनले पुराना कर्मचारीहरुमा तल्लो तहमा धेरै अधिकार दिनु हुँदैन भन्ने सोंच अझै पनि रहेकाले त्यसबाट बच्नुपर्ने बताएका थिए ।

मुख्य सचिव सुवेदीको भनाइमा संकेत गर्दै प्रचण्डले भने, ‘मुख्य सचिव जीले भनेका चुनौतितर्फ सजग हुनुस् र सामना गर्नका लागि तयार रहनुस् ।’

प्रचण्डसबैको अभिभावकः मुख्य सचिव

मुख्य सचिव सुवेदीले कार्यक्रमको सुरुवातमा करिब १० मिनेट बोल्दा अधिकांश समय प्रचण्डको प्रशंसा गरेका थिए । यो देशको स्टेटमेनसिप प्रचण्डकै हातमा रहेको भन्दै उनले सबैको नेतृत्व गर्न सक्ने हैसियत अझै बढ्दै जाओस् भनेर शुभकामना दिएका थिए ।

सुवेदीले भने, ‘यो देशको स्टेटमेनसिप तपाईंको हातमा छ । यो स्टेटमेनसिप अझै बढ्दै जाओस् । सबका सब मान्छेहरुलाई नेतृत्व गर्नसक्ने हैसियत अझै बढोस् । यहाँबाट जाँदै गर्दा मेरो शुभकामना छ ।’

उनले प्रचण्डको प्रशंसा गर्दा गतिशिल नेता, सबैलाई नेतृत्व गर्ने अभिभावक, परिवर्तनको योजनाकार जस्ता थुप्रै विशेषणहरु प्रयोग गरेका थिए ।

मुख्य सचिव सुवेदीले प्रचण्ड प्रधानमन्त्री नभएको बेलामा पनि औपचारिक-अनौपचारिक निर्देशनहरु प्राप्त हुने अपेक्षा गर्दै आफू जहाँ भए पनि त्यसको कार्यान्वयन गर्न पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web