गल्ती गरेको जरिवाना घटाउन माग गर्नेसँग यातायात विभाग वार्ता गर्दै

१४ जेठ, काठमाडौं ।
यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीचको वार्ता आजफेरी हुने भएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, ट्रक व्यवसायी महासङ्घ र यातायात क्षेत्रको ट्रेड युनियन सम्मिलित संयुक्त सङ्घर्ष समितिको नेतृत्वमा ट्राफिक नियम उल्लङ्घन गरेकामा लाग्ने शुल्क बढाएको भन्दै यातायात व्यवसायीले काठमाडौँ उपत्यकामा आज बिहानैदेखि चक्काजाम गरेपछि बेलुका बसेको द्विपक्षीय बैठक बिनानिष्कर्ष टुङ्गियो ।

“यातायात व्यवसायीले राखेका नौबुँदे मागमध्ये केही मागका बारेमा आज छलफल गरियो, अब यसको टुङ्गो भोलि९शुक्रबार० बिहान १० बजे बस्ने बैठकले लगाउनेछ”– यातायात व्यवस्था विभागका प्रवक्ता वसन्त अधिकारीले भन्नुभयो ।

प्रतिक्रिया

TOP