काठमाडौं । नेपाली कांग्रेसका बरिष्ट नेता रामचन्द्र पौडेलले कार्यसम्पादन समितिको बैठकमा प्रधानमन्त्री किन र केका लागि हुने भन्ने प्रश्न गरेका छन् ।

निकै भावुकरुपमा प्रस्तुत भएका पौडेलले नेतृत्वको गलत निर्णयका कारण पार्टी स्थानीय तह चुनावमा पराजित भएको जिम्मा कसले लिने, संगठन कसले र कसरी चलाउने भन्ने प्रश्न गरेका थिए ।

कांग्रेसको छवि सुधार्दै लोकतान्त्रिक पद्धतिमा पार्टीलाई हिँडाउने कि नहिँडाउने भन्ने अहिलको चासो र चिन्ता भएको जनाउँदै पौडेलले भने, ‘पार्टीभित्र गतिशीलता कसरी पैदा गर्ने । कार्यकर्तामा उत्साह र जाँगर कसरी भर्ने गरी जनतामा आशा र भरोसा जगाउने भन्नेतर्फ सोच्नु पर्दैन ।

पौडेलले पार्टीले ठीक समयमा ठीक निर्णय लिन नसक्दा समर्थकहरुले छाड्दै जान थालेको भन्दै नेतृत्वलाई सचेत गराए ।

23.12¡ÆC