झापा । दोस्रो चरणको चुनावका लागि अन्य दलहरुले धमाधम उम्मेदवार घोषणा गरिरहँदा पार्टी अध्यक्ष केपी शर्मा ओलीकै गृहजिल्ला झापामा भने गुटगत तानातानले एमालेको उम्मेदवारी घोषणामा ढिलाई भएको छ। अन्य प्रतिष्पर्धि दलहरुले उम्मेदवारी सहित घरदैलो अभियान चलाइरहँदा एमाले पंक्ति भने उम्मेदवारकै पर्खाइमा बसेको छ।

चुनावमा मेची अञ्चलकै सबैभन्दा महत्वपूर्ण ठानिएको विर्तामोड र नाकाको मेचीनगरको उम्मेद्वार चयनमा भइरहेको ढिलाइकै कारण औपचारिक उम्मेद्वारी घोषणा गर्ने एमाले योजना पछि धकेलिएको छ । घरदैलो अभियान गर्न नपाएको, मत माग्ने क्रम शुरु गर्न ढिलाई भएको भन्दै कार्यकर्ताहरुले पार्टी नेतृत्वप्रति तीव्र आक्रोश पोखिरहेका छन् । ‘अरु साराले उम्मेद्वारी घोषणा गरिसक्दा परिवर्तनको संवाहक भन्ने दलले किन ढिलो गरेको हो ?’, एमाले युवा संघ झापाका नेता नारायण खनालले फेसबुकमा लेखेका छन्।

यी दुई वटा नगरमा उममेद्वार चयन गर्न नसकेर सकस खेपिरहेको एमाले पार्टी अध्यक्ष ओलीकै गृहनगर दमकमा भने नेताहरु असन्तुष्ट समूह फकाउन जुटेका छन् । दमकमा पूर्व नगर प्रमुख रहिसकेका रोमनाथ ओलीलाई उम्मेद्वार बनाउने निर्णयको विरोधमा नेता अम्बिका खनाल लगायतका नेताहरु उभिएका छन् । ‘२०५४ मा पनि उही अनुहार, २०७४ मा पनि उही अनुहार कसरी हुन्छ ?’, असन्तुष्ट समूहको तर्क छ ‘के एमाले कार्यकर्ता नभएको दल हो र ?’ पार्टी नेताहरु विवाद मिलिसकेको बताइरहेका छन् । तर, असन्तुष्टलाई मनाउन अध्यक्ष ओली स्वयम् लागेको स्रोतको भनाई छ ।

जिल्लाका आठ वटा नगरपालिका र सात गाउँपालिका गरी १५ वटै तहको उम्मेद्वार सूची तय भएपछि अध्यक्ष ओलीकै उपस्थितिमा ‘उम्मेद्वारी घोषणा’ गर्ने कार्यक्रम एमालेले बनाएको छ। तर, दुई साताभन्दा लामो समयदेखि चलिरहेको उम्मेद्वारी छनोट प्रक्रियालाई तानातानकै कारण उसले किनारा लगाउन सकेको छैन । ‘आकांक्षी धेरै भएका कारण मिलाउन अलिकति समय लागेको हो’ , झापा अध्यक्ष चिन्तन पाठकले भने ‘अब दुई–तीन भित्र सबै टुंगो लाग्छ ।’ यद्यपि तल्लो तहका कार्यकर्ताले नेताहरुको यस्तो जवाफ सुनेको हप्तौं बितिसकेको छ । उम्मेद्वारी घोषणा भने भएकै छैन । यसले कार्यकर्ता पंक्तिलाई आक्रोशित बनाएको छ।

झापाको मेचीनगर र विर्तामोड क्षेत्रका एमाले कार्यकर्ताहरुले पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमार्फत उम्मेद्वारी चयनमा ढिलाई भएको भन्दै प्रदेश कमिटीका नेताहरुको राजिनामासमेत मागेका छन् । ‘नगरमा कार्यकर्ता पंक्तिलाई थुम्थुम्याउनै गाह्रो भइसक्यो, माथिल्लो कमिटीले अझै उम्मेद्वार चयन गर्दैन’, विर्तामोड नगरका एक एमाले नेताले भने ‘यो सबै गुटगत लडाइँका कारण भएको हो ।’ गएको साता आठ दिनसम्म इटहरीमा चलेको पार्टीको प्रदेश कमिटीको बैठकले जिल्लाका १५ मध्ये १३ वटा तहको उम्मेद्वारी टुंगो लगाएको थियो । तर, त्यसयता पनि जिल्ला, केन्द्रमा पटक–पटक बसेको बैठक बिर्तामोड र मेचीनगरको विषयमा अनिर्णित छ ।

एमाले स्रोतका अनुसार बिर्तामोडमा गुटगत प्रतिष्पर्धा छैन । तर, अध्यक्ष ओली समूहकै तीन जना प्रभावशाली स्थानीय नेता दौडमा रहेका कारण उम्मेद्वार चयन ढिलो भइरहेको छ । अध्यक्ष ओली आफ्नै सहपाठी साथी हरिचरण शिवाकोटीलाई एकपटक मौका दिने मनस्थितिमा छन् । तर, नगर र जिल्लाबाट एकराज कार्की र लोकबन्धु कन्दङ्वाको नाम जबरजस्त रुपमा उठेको स्रोतको भनाई छ । ‘विर्तामोडमा के गर्ने भन्ने बडो अन्योल छ’, १ नम्बर प्रदेश कमिटीका एक सदस्यले भने ‘त्यसैले ढिलो भइरहेको छ ।’ कार्की र कन्दङ्वा यसअघिको चुनावबाट क्रमशः गरामनीको अध्यक्ष र अनारमनीको उपाध्यक्ष थिए ।

27.12¡ÆC