भोजपुर ।

भोजपुरको हतुवागढी गाउँपलिका ५ मा शुक्रबार आगलागी हुँदा जलेर एक बालिकाकको मृत्यु भएको छ ।

हतुवागढी गाउँपलिका ५ बस्ने मान बहादुर राईको घर र ग्वालीमा दिउँसो २ बजेतरि अचानक आगलागी भएको थियो ।

आगलागीबाट सोही ठाउँका बल बहादुर राईको ४ बर्षिया छोरी खिम्बुङ राईको आगोमा जलेर ज्यान गएको हो । प्रहरीका अनुसार आगो निभाउने क्रममा ३९ बर्षिया चन्द्र कुमारी राई सामान्य घाइते भएकी छिन ।

आगलागीबाट घर तथा सम्पूर्ण सामान समेत जल्दा अन्दाजी १० लाख बराबरको क्षति भएको बताइएको छ ।

आगलागी इलाका प्रहरी कार्यालय घोडेटारबाट खटिएको प्रहरीको टोली र स्थानिय मानिसहरुको सहयोगमा नियन्त्रणमा लिएको थियो ।

24.02¡ÆC