धेरै दलको समर्थन खोज्दै कांग्रेस सभापति देउवा (प्रधानमन्त्री निर्वाचनको तालिका सहित )

जेष्ठ २०, २०७४ मा प्रकाशित | 754 views

काठमाडौं । प्रधानमन्त्रीमा उम्मेदवारी दिने तयारीमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवा धेरै दलको समर्थन जुटाउने प्रयासमा छन् । माओवादी केन्द्र, लोकतान्त्रिक फोरम, नेकपा संयुक्त, समाजवादी जनता दल, अखण्ड पार्टी नेपालको समर्थन पाएका उनले राप्रपा, राजपा र संघीय समाजवादी फोरमलाई पनि सहमतिमा ल्याउन छलफल गरिरहेका छन् ।

कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको शुक्रबार पार्टी मुख्यालयमा बसेको बैठकले सत्ता समीकरणका लागि अन्य दलसँग छलफल गर्ने निर्णय गरेको छ । सभापति देउवाले सत्तासमीकरण बलियो बनाउन पार्टीका तर्फबाट नेताहरू विमलेन्द्र निधि र रमेश लेखकलाई खटाएका छन् । राजपाले संविधान संशोधन, स्थानीय तहको संख्या थप, मुद्दा फिर्तासहितका विषयमा प्रतिबद्धता आएपछि देउवालाई समर्थन गर्ने संकेत दिएको छ ।

कांग्रेसले आज सहयोगको अपिल गर्दै
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले प्रधानमन्त्रीमा पार्टी सभापति देउवालाई सहयोग गर्न अन्य दललाई अपिल गर्ने भएको छ । २९ सदस्यीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्दैछ । संसदमा रहेका दलहरुलाई प्रधानमन्त्रीमा सहयोग गर्न आग्रह औपचारिक आग्रह गरिने केन्द्रीय सदस्य पूर्णबहादुर खड्काले जानकारी दिए । उनले भने, ‘बहुमतको लागि पहिलेकै गठबन्धन छ । अझै थप दलहरुलाई पनि सरकारमा सहयोग गर्न शनिबार औपचारिक आह्वान गर्छौं ।’ संसदमा रहेका दलहरुलाई पत्रमार्फत् तथा एमालेसहितका दलका नेतालाई भेटेरै पनि सहयोगको आग्रह गरिने उनको भनाइ छ । प्रधानमन्त्रीका लागि शनिबार ११ देखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय छ ।

दुई तिहाइ पुर्याउने प्रयास
प्रधानमन्त्री भएपछिका चुनौतीको समाधानका लागि पनि सत्ता गठबन्धनमा धेरै दल समेट्ने तयारीमा कांग्रेस छ । ‘धेरै राजनीतिक मुद्दा किनारा लगाउँदै संविधान कार्यान्वयन गर्नुपर्ने अवस्था छ,’ कांग्रेस केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले भने, ‘चुनौतीको सामना गर्न पनि हामी सरकारमै दुई तिहाई पुर्याउन प्रयासरत छौं ।’ दोस्रो चरणको स्थानीय निर्वाचन, संविधान संसोधन, स्थानीय तहको संख्या थप्ने निर्णय, प्रदेशको सीमाकंन, प्रदेश र संसदको निर्वाचन ७ माघसम्म सक्नुपर्ने चुनौती नयाँ सरकारसँग छ ।

औपचारिक आग्रहको प्रतिक्षामा राप्रपा
प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएर बाहिरिएको राप्रपा नयाँ सत्ता गठबन्धनप्रति सकारात्मक छ । तर, कांग्रेस सभापति शेरबहादुर देउवाको प्रस्तावपछि मात्र टुंगोमा पुगिने राप्रपाका नेता मोहन श्रेष्ठले बताए । राप्रपामा सरकारमा सहभागी हुनुपर्ने दबाब छ ।

प्रधानमन्त्री निर्वाचनको तालिका

उम्मेदवारी दर्ता : २० जेठ शनिबार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म (संविधानको धारा २९८ को उपधारा ३ अनुसार प्रधानमन्त्री पदमा निर्वाचित गरियोस् भन्दै उम्मेदवारहरूले नयाँ बानेश्वरस्थित संसद् भवनमा उम्मेदवारी दर्ता गर्नुपर्नेछ ।),

उम्मेदवारको नाम प्रकाशन : २० जेठ शनिबार अपराह्न ४ः३० बजे (नयाँ बानेश्वरस्थित संसद् भवनको सूचनापाटीमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरूको दर्ता क्रमानुसार नाम प्रकाशित हुनेछ ।),

मतदान : २१ जेठ आइतबार बिहान ११ बजेदेखि

एमालेले सदन अवरुद्ध गर्नुका चार कारण

१. भरतपुरमा पुनः मतगणना गर्न दबाब
एमालेले चितवनको भरतपुर महानगरपालिकामा रोकिएको मतगणना सुचारु गर्न सत्ता पक्ष र निर्वाचन आयोगलाई दबाब दिन सदन अवरुद्ध गर्दै आएको छ । पुनः मतगणना हुँदा आफ्ना उम्मेदवार देवी ज्ञवाली विजयी बन्ने एमालेको आँकलन छ ।

२. कांग्रेस–माओेवादीबीच दूरी बढ्ने अनुमान
भरतपुरमा कांग्रेस र माओवादी केन्द्रको आ–आफ्नो स्वार्थमा दुई दलबीच गठबन्धन बनेको एमालेको बुझाइ छ । कांग्रेस सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री पद सुनिश्चित गर्ने स्वार्थ र प्रधानमन्त्री प्रचण्डको पुत्री रेणु दाहाल विजयी बनाएर संघीय संसद्का लागि सिट सुरक्षित गर्ने स्वार्थ रहेको र त्यसलाई भत्काउनका लागि पुनः मतगणना गर्दा फाइदा पुग्ने एमालेको बुझाइ छ । यसो हुँदा दुई दलबीच दूरी बढ्ने र गठबन्धन ढिलो–चाँडो टुट्ने एमालेको अनुमान छ ।

३. कांग्रेस सभापति देउवालाई रोक्ने प्रयास
भरतपुरमा आफ्नो पक्षमा परिणाम आउँदा कांग्रेस–माओवादी केन्द्रको गठबन्धनबीच दरार आउने एमालेको विश्लेषण छ । यसो गर्दा कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा रोक्न सकिने एमालेको बुझाइ छ । ‘भरतपुरसहित दुई सत्तारुढबीच विभिन्न जिल्लामा भएको चुनावी गठबन्धन मतदाताले नै अप्राकृतिक हो भन्ने पुष्टि गरिसकेका छन्,’ एमाले सचिव योगेश भट्टराईले भने ।

४. ढिलाइले वामदेवका लागि सहज
संसद्मा प्रधानमन्त्री चयन प्रक्रिया ढिलाइ हुँदा पार्टीका तर्फबाट उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन सहज हुने र माओवादी केन्द्र सकारात्मक बन्नासाथ जित्न सकिने एमालेको विश्लेषण छ । देउवा प्रधानमन्त्री बन्दा दोस्रो चरणको निर्वाचन प्रभावित हुन सक्ने विश्लेषणमा पनि एमालेको भित्री रणनीति सकभर संसद् सुचारु नहोस् भन्ने छ ।

निर्वाचनको दिन पनि अवरोध भए के हुन्छ ?
सकेसम्म सहमति : संसद्मा अवरोध कायमै रहे निर्वाचन प्रक्रिया सकेसम्म दलहरूबीचको सहमतिमै अघि बढाउने सभामुखको तयारी छ । सहमति जुट्ने उनको विश्वास छ ।

अवरोधकै बीच प्रक्रिया : दलहरूबीच सहमति नजुटे संसद् नियमावली र संविधानलाई आधार मानेर संसद्मा प्रक्रिया अगाडि बढाउने सभामुखसँग दोस्रो विकल्प छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web