ओलीले भने-‘अब असारको हिलोमै पछार्नु पर्ने भयो’

जेष्ठ १८, २०७४ मा प्रकाशित | 878 views

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ज्योतिषीले ‘असार १४ गते धेरै पानी पर्छ’ भनेपछि सरकारले त्यही दिन चुनाव गराउन लागेको बताएका छन् । अब प्रतिस्पर्धीहरुलाई त्यही हिलोमा पछारेर तत्कालिन महासचिव मदन भण्डारीको जन्मदिनको सेलिब्रेसन गर्ने उनले बताए ।

काठमाडौं जननिर्वाचित प्रतिनिधिहरुलाई बधाई दिन आयोजित कार्यक्रममा ओलीले रमजानको बाहाना बनाएर सरकारले असार १४ मा चुनाव सारेको आरोप लगाए । उनले भने,’ज्यातिषीले धेरै पानीपर्छ भनेपछि धाँदली गर्न पाइन्छ भनेर चुनाव सारे ।’

यसअघि एक कार्यक्रममा ओलीले नै ज्योतिषीले असार ९ माओवादीलाई राम्रो छ भनेकाले प्रधानमन्त्री प्रचण्डले त्यस दिन चुनाव गर्न लागेको बताएका थिए ।

तर, ९ गते रमजानको अन्तिम शुक्रबार परेको भन्दै एमालेसहित सबैले चुनाव सार्न दबाव दिए । सरकारले असार ९ लाई १४ मा सारेपछि ओलीले पानी पर्ने दिन पारेर चुनाव सारेको टिप्पणी गरे । अब चुनावमा नगर्इ सुख्खै नभएको भन्दै ओलीले भने, ‘सुख्खामै पछारौंला भन्ने थियो । अब असारकै हिलोमा पछार्नु पर्ने भयो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web