काठमाडौं । भरतपुर महानगरपालिकाको मतगणना थाल्नुपर्ने माग राख्दै संसद अवरुद्ध पारेको एमालेका कारण आजदेखि हुने बहुमतीय सरकार निर्माणको प्रक्रियालाई समेत प्रभावित पार्ने भएको छ ।

एमालेले भरतपुरमा मतपत्र च्यातेको घटनालाई लिएर पुन: मतदान गराउने कुराको बिरोध गर्दै संसद अवरूद पारेको हो । एमालेले आज पनि संसद अवरुद्ध पार्ने भएपछी आजदेखि औपचारिक रुपमा बहुमतबाट सरकार छान्ने प्रक्रिया समेत प्रभावित हुने भएको छ ।

एमालेले भरतपुरमा तत्काल मतगणना सुचारु गर्न माग गरेको छ भने कांग्रेस-माओवादी पुन: मतदानमा जाने अडानमा छन् । एमालेले संसद अवरुद्ध संगै आज चितवन बन्दको आव्हान समेत गरेपनि आफ्ब्नै पार्टीबाट चर्को आलोचना भएपछी फिर्ता लिएको थियो ।

यता सत्तारुढ दलका नेताहरुले भने निर्वाचन आयोगले गर्न सक्ने निर्णयलाई देखाएर संसद अवरुद्ध गर्नु गलत भएको बताएका छन् । माओवादी-कांग्रेसका नेताहरुले भरतपुरमा गलत गरिएको भन्दै निर्वाचन आयोगको निर्णय स्वीकार्ने बताएका छन् ।

27.12¡ÆC