आज बहुमतीय सरकार गठनका लागि राष्ट्रपतिले अाह्वान गर्ने

जेष्ठ १८, २०७४ मा प्रकाशित | 710 views

काठमाण्डौ । दलहरुलाई राष्ट्रपतिले राष्ट्रिय सहमतीको सरकार गठन गर्न दिएको समयसीमा गएराति सकिएको छ ।

संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिले दिएको समयमा दलहरुले सहमतिय सरकार गठन गर्न नसकेपछि नयाँ सरकार गठन गर्न आजबाट बुहतीय प्रकृया सुरु हुने भएको छ । त्यसका लागि राष्ट्रपतिले पुन कम्तीमा तीन दिनको समयसहित बहुमतका आधारमा सरकार गठन गर्न संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई आव्हान गर्दैछिन् ।
राष्ट्रपतिले बहुमतिय सरकार गठन गर्न आव्हानसहित संसदमा पत्र पठाएपछि संसद सचिवालयले उम्मेदवारी, दावी विरोध र नामावली प्रकाशन गरेर सरकार गठनको प्रकृया सुरु हुनेछ । सम्भवत आजै दिउँसो १ बजे अघि नै राष्ट्रपतिले बहुमतिय सरकार गठनका लागि आव्हान गर्नेछन् ।
तर, एमालेले भरतपुर प्रकरणलाई देखाउदै त्यहाँ रोकिएको मतगणना सुरु नभए संसद चल्न नदिने चेतावनी दिएको छ । जसका कारण नयाँ सरकार गठन प्रकृया के हुने भन्ने अन्यौल कायमै छ । राष्ट्रपतिले पठाएको पत्र सभामुखले सदनमा जानकारी गराएपछि मात्रै प्रकृया अघि बढ्छ ।
तर, एमालेले संसद चल्न नदिए त्यो प्रकृया नै अवरुद्ध हुनसक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web