अाज सर्वदलीय बैठक : राष्ट्रपतिको अाह्वानमा

जेष्ठ १७, २०७४ मा प्रकाशित | 915 views

काठमाडौ । सहमतीय सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार सर्वदलीय बैठक डाकेकी छिन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिएपछि सहमतीय सरकार बनाउन आह्वान गरेको एक साता सय सकिँदै गर्दा राष्ट्रपति भण्डारीले सर्वदलीय बैठक बोलाएकी हुन्।

शीतलनिवासमा साढे नौ बजे बैठक बस्नेछ। प्रधानमन्त्री दाहालले पदबाट राजीनामा दिएपछि राष्ट्रपतिले नेपालको संविधानको धारा २९८ को उपधारा ९२० बमोजिम सात दिनभित्र सहमतीय सरकार गठन गर्न आह्वान गरेकी थिइन्।  संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले मङ्गलबार बोलाएको सर्वदलीय बैठकमा नेकपा माओवादीलगायत प्रायः सबै साना दलका सहभागिता रहे पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नभएपछि सहमतीय सरकारको प्रयास  विफल भएको हो ।

तोकिएको म्यादभित्र सहमतीय सरकार बन्न नसकेमा संविधानको धारा २९८ को उपधारा ९३०० अनुसार व्यवस्थापिका संसद्को तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतको आधारमा प्रधानमन्त्री निर्वाचित हुने व्यवस्था  छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web