<p>पप्पु गुरुङ्, १३ जेष्ठ / दोधारा चाँदनी, कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीबाट सशस्त्र प्रहरीले रु. ५० हजार बराबरको अबैध बरामद गरेको छ् । तस्करहरुले आज बिहान करिब ५ बजे दोधारा चाँदनीको महाकाली झोलुङ्गे पुल नजिक महेन्द्रनगर लग्दै गर्दा बिभिन्न प्रकारको लेडिज सुट, ब्लाउज, पेटिकोटको कपडा बरामद गरेको सशस्त्र सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक शंकर सिंह धामीले बताउनुभएको छ् । सशस्त्र प्रहरीको गस्ति टोली देखेपछि तस्करहरु कपडा छाडेर भोगेको प्रहरीले जनाएको छ् । आजै बरामद अबैध कपडालाई भन्सार कार्यालय गड्डा चौकी बुझाईने सशस्त्र प्रहरीले बताएको छ् । <br><br><br></p>
21.12¡ÆC