काठमाडौं ।

व्यवस्थापिका संसद्को आजको बैठकले स्थानीय तह निर्धारणसम्बन्धी संसदीय छानविन विशेष समिति गठन गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पहिलो चरणको निर्वाचनमा धाँधली भएको भन्दै छानबिन समिति गठन गर्न माग गरेबमोजिम समिति गठन गरिएको हो ।

विशोष समिति गठन सम्बन्धमा नेकपा माओवादी केन्द्रका मुख्य सचेतक टेकबहादुर बस्नेतले गर्नुभएको प्रस्तावलाई नेपाली काँग्रेसका मुख्य सचेतक चिनकाजी श्रेष्ठ र नेकपा एमालेका मुख्य सचेतक भानुभक्त ढकालले समर्थन गर्नुभएको थियो ।

बैशाख ३१ ग्ते भएको स्थानीय तहको पहिलो चरणमा भएको निर्वाचनमा धाँधली भएको सम्बन्धमा संसदीय छानबिन विशेष समितिलाई तीन महिनाको समयावधि दिइएको छ ।

छानबिन समितिमा सांसदहरु अर्जुन प्रसाद जोशी, राजेन्द्र प्रसाद पाण्डे, रामनारायण बिडारी, भाष्कर भद्रा र सुवोध कुमार पोखरेल हुनुहुन्छ ।

17.44¡ÆC