जित र हारका कारण खोज्दै एमाले

जेष्ठ ११, २०७४ मा प्रकाशित | 877 views

काठमाडौं ।

नेकपा एमालेले स्थानीय तह निर्वाचनको पहिलो चरणमा आफ्नो पार्टीका उम्मेदवारले जित्नु र हार्नुका पाँच पाँच कारणसहित मातहतका कमिटीसँग विवरण माग गरेको छ ।

स्थानीय निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिको आज बसेको बैठकले पहिलो चरणको निर्वाचनको अनुभवबाट शिक्षा लिँदै दोश्रो चरणको निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी बनाउन अझ बढी एकताबद्ध भएर सिङ्गो पार्टीलाई परिचालित गर्ने निर्णय पनि गरेको छ ।

महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले पहिलो चरणको निर्वाचनबारे तीन दिनभित्र पार्टी केन्द्रीय कार्यालयमा प्रतिवेदन पठाउन सबै जिल्ला कमिटीलाई निर्देशन दिएको पार्टीका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web