सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भयो – प्रधानमन्त्री

जेष्ठ ११, २०७४ मा प्रकाशित | 601 views

काठमाडौं ।

कामचलाउ सरकारका प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनले सङ्घीयता, गणतन्त्र, समावेशी तथा समानुपातिक प्रतिनिधित्वलाई सुनिश्चित गरेको बताउनुभएको छ ।

निजी निवास लाजिम्पाटमा आज विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई नेकपा (माओवादी केन्द्र) मा स्वागत गर्दै उहाँले स्थानीय तहको निर्वाचनलाई अब कसैले उल्टाउन नसक्ने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको बताउनुभयो ।

नेपाली राजनीतिमा सकारात्मक परिघटनाहरू अगाडि बढेको भन्दै उहाँले संविधान कार्यान्वयनको महान् प्रक्रिया सुरु भएको र यही जेठ ३१ गते पनि दोस्रो चरणको निर्वाचन सम्पन्न भएरै छाड्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web