दुई डाक्टरले बाबुरामको नयाँ शक्ति छाडे, खम्बु सहितका नेता प्रचण्ड माओवादी प्रवेश

जेष्ठ ११, २०७४ मा प्रकाशित | 1006 views

काठमाडौं ।

नेता टिआर खम्बु एवं वावुराम भट्राई नेतृत्वको नयाँ शक्ति पार्टिमा रहेका दुई डाक्टर पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्रमा प्रवेश गरेकाछन् ।

खम्बु सहित नयाँ शक्तिका नेताहरु डा चेतकुमारी गुरुङ, डार चन्द्र लक्जम्बा लगायतका केन्द्रीय नेता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

प्रवेश गर्ने अन्य नेताहरुमा नेकपाका केन्द्रीय नेताहरु बिरेन्द्र राई, प्रकाश राई, धिरज राई, बहुदलकाजी राई, केशर थुलुङ, लक्ष्मीबहादुर बस्नेत, बिनोद सुब्बा, जीवन सुनुवार, आशिष पौडेल, देवेन्द्र कार्की, प्रदिप बस्नेत, संघीय समाजवादी फोरमका नेताहरु दीपक झा, खबिराज राई, खम्बुवान् राष्ट्रिय मोर्चाका नेताहरु राज्य राई, गोरख राई, गणेश भण्डारी, अनिता तामाङ, सागर दराई, सन्देश राई, अमन राना, मनिषा सुनुवार, बिशाल दराई, मोहन राई, सागर राई, अरुण राई, मोनिका राई, देवेन्द्र खवास, मनिषा श्रेष्ठ, इन्द्र सुनुवार रहेका छन् ।

माओवादी केन्द्र प्रवेश गर्दै नेता लिम्बुले केन्द्रमा निहित अधिकार जनताको घरआँगनमा लैजान माओवादी केन्द्र र दाहालको अतुलनीय योगदान रहेको बताउँदै माओवादी केन्द्रकै नेतृत्वमा जनवादी क्रान्तिका बाँकी कार्यभार पुरा गर्दै समाजवादमा पुग्ने बताए ।

पार्टी प्रवेश गर्दै नयाँ शक्तिका नेता डा. लक्जम्बा र डा. गुरुङले अहिले हेर्दा सामान्य लागे पनि गाउँपालिका र नगरपालिकाको माओवादी अवधारणाले केही वर्षमा नेपालको आर्थिक विकास र समृद्धिमा कायापलट आउने भएकाले त्यसबाट प्रभावित भएर आफुहरु माओवादी केन्द्रमा प्रवेश गरेको बताए ।

नेताहरुलाई पार्टीमा प्रवेश गराउँदै कामचलाउ सरकारका प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनले कसैले उल्टाउन नसक्ने गरी संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको बताए ।

दाहाल भने  ‘भर्खरै स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ, यसले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको छ । अब कसैले यो उपलब्धि उल्टाउन सक्दैन । तपाईहरु जसरी माओवादी केन्द्रमा आउनुभएको छ, परिवर्तनका मुद्दाहरु संस्थागत गर्न र देशको समृद्धिका लागि तपाईहरुको ठूलो योगदान रहनेछ, म यहाँहरु सबैलाई हार्दिक स्वागत गर्दछु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web