माओवादी हेर्डक्वार्टरबाट प्रधानमन्त्रीको राजीनामा अनुमोदन, सम्भवतः राजीनामा आज

जेष्ठ ९, २०७४ मा प्रकाशित | 762 views

<p>काठमाडौं,जेठ ९ । &nbsp;नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको सोमबार बसेको बैठकले प्रधानमन्त्रीको राजीनामाको विषय अनुमोदन गरेको छ । बैठकमा प्रचण्डले कांग्रेससँग भएकमो भद्र सहमतिमा इमान्दारिता देखाउनुपर्ने बताएका थिए । स्थानीय निर्वाचन गराउने, मधेसी दललाई संविधानको दायरामा ल्याउने र निर्वाचनमा सहभागी गराउने मूल उद्देश्यमा सरकार सफल भएको संश्लेषण उनले गरेका थिए ।<br></p><p>यसैबीच, मोर्चामा आबद्ध दलहरुले थप कुनै माग नराखे प्रधानमन्त्री प्रचण्डले मंगलबार पदबाट राजीनामा गर्ने तयारी गरेका छन् । मंगलबार संसद्मा विशेष सम्बोधन गर्दै प्रधानमन्त्रीले सत्तासाझेदार दल कांग्रेससँगको पूर्वसहमतिअनुसार राजीनामा दिन लागेको आजको नयाँ पत्रिका दैनिकले लेखेको छ ।<br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web