काठमाडौं ।

नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष एवम् तथा उपप्रधान तथा स्थानीय विकासमन्त्री विजय कुमार गच्छदारले दोश्रो चरणको निर्वाचनमा मधेशवादी दलसहित सबै पक्ष सहभागी हुने वातावरण बनाउन सरकार गम्भीरतापूर्वक लागेको बताउनुभएको छ ।

फोरम लोकतान्त्रिक पार्टीद्वारा आज पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष गच्छदारले जेठ ३१ गते हुने दोश्रो चरणको निर्वाचनको तयारीमा सबैलाई लाग्न आग्रह गर्नुभयो ।

अध्यक्ष गच्छदारले प्रमुख दलहरु असहमत पक्षको माग सम्बोधन गर्न अझै लचिलो हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले तराई मधेश र थरुहट आन्दोलनलाई सरकारले राजनैतिक आन्दोलनको मान्यता दिएर उनीहरुको माग सम्बोधन गरी कार्यान्वयनको प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो ।

फोरम लोकतान्त्रिकका अध्यक्ष एवम् उपप्रधानमन्त्री गच्छदारले आजै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरी आगामी दोश्रो चरणको निर्वाचनमा सबैको सहभागिता सुनिश्चित गर्ने विषयमा छलफल गर्नुभयो ।

19.12¡ÆC