ताप्लेजुङ ।

ताप्लेजुङको श्रीजङगा गॉउपालिकामा बस दुर्घटना हुदा शुक्रबार सॉझ एक जनाको मृत्यु भएको छ भने १८ जान घाइते बनेका छन् ।

गॉउपालिकाको हप्पुखोला— सिनाम सडक खण्डको अप्पुखोलमा ना ४ ख ७४१४ नम्बरको अनियन्त्रित भई पल्टदा श्रीजङगा गॉउपालिका सुरुम्खिका ४२ वर्षिय मुगावति तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

तामाङको उपचारका लागि पॉचथरको फिदिनम लैजादै गर्दा बाटोमानै मृत्यु भएको हो ।

घाइते १८ जनाको झापाको बिएमसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

22.25¡ÆC