निर्वाचनले गणतन्त्रको जग स्थापित गरेको छः आयुक्त शाह

जेष्ठ ५, २०७४ मा प्रकाशित | 716 views

काठमाडौं ।

निर्वाचन आयुक्त सुधीरकुमार शाहले पहिलो चरणको स्थानीय तहको निर्वाचनले लोकतन्त्र र गणतन्त्रको जगलाई स्थापित गरेको बताउनुभएको छ ।

आयुक्त शाहले आज रेडियो नेपालसँग कुराकानी गर्दै संघीय र प्रादेशिक निर्वाचनपछि संघीयता र गणतन्त्रले स्थायित्व प्राप्त गरी संविधान  कार्यान्वयनको चक्र समेत पुरा हुने उल्लेख गर्नुभयो ।

उहाँले स्थानीय तहको पहिलो चरणको निर्वाचन र मतगणनामा देखिएको कमीकमजोरी र समस्यालाई दोस्रो चरणको निर्वाचनमा दोहोरिन नदिने र दोस्रो चरणको निर्वाचनको लागि संशोधन सहितको सुरक्षा व्यवस्था  र व्यवस्थापकीय तयारी भइसकेको जानकारी दिनुभयो ।

आयुक्त शाहले पहिलो चरणको निर्वाचनमा आचार संहिता पालन भए÷नभएको समीक्षा गरेर दोस्रो चरणको निर्वाचनमा कडाइका साथ आचार संहिता लागू गरिने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web