भरतपुर महानगरपालीका ताजा मतगणना, प्रचण्ड पुत्री अझै १६ सय ७३ मतले पछि

जेष्ठ ५, २०७४ मा प्रकाशित | 1582 views

भरतपुर ।

ताजा परिणाम अनुसार चितवनको भरतपुर महानगरपालीकाको मेयरमा एमाले उम्मेद्धार देवि ज्ञवालीले कांग्रेस माओवादी गठबन्धनबाट उमेद्धार बनेकी प्रधानमन्त्री पुत्री रेणु दाहाललाई १ हजार ६ सय बढी मतले पछि पारेका छन् ।

१ हजार ६ सय ७३ मतले अघि रहेका देवी ज्ञवालीले वडा नम्बर ३ को २ हजार मतगणना हँुदा सो वडाबाट ४८०७ मत पाएका छन् । जहाँ देउवा दाहाल पार्टीको तर्फबाट संयुक्त उमेदवार बनेकी रेणुले ३ हजार १ सय ३४ मत मात्र पाइन् ।

यस्तै राप्रपाका बद्री तिमल्सीनाले ३०८ मत पाएका छन् । यस वडामा ३०३५ मत खसेको थियो ।

यस्तै उपप्रमुखमा एमालेका दिव्या आचार्यले ४०६१ र गठबन्धनका पार्वति साहाले ३८६५ त्यस्तै राप्रपाकि रिना गुरुङले ३६८ मत पाएकी छिन् ।

वडा नम्बर ३ को अध्यक्षका उम्मेद्धार कांग्रेसका चन्द्रमित्र पण्डीत १०१९ मतका साथ अघि रहेका छन् भने एमाले ६१७ र माओवादी केन्द्रलाई १४५ मत परेको छ । भरतपुर कबडहलमा मतगणना जारी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web