सिन्धुली ।

सिन्धुलीको कमलामाई नगरपालिको मतगणना सम्पन्न भएको छ । कमलामाई नगरपालिकाको मयेरका उमेद्धवार खड्ड खत्रि ११,४६१ मत प्राप्त गरि विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्धन्द्धि नेपाली कांग्रेसका उपेन्द्र पोख्रलले ९००४ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उप मेयरमा पनि नेकपा एमालेकै मञ्जु देवकोटा विजयी हुनुभएको छ ।

उहाँले १०,६०९ मत प्राप्त गनुभएकोछ भने उहाँका निकटतम प्रतिद्धन्द्धि नेपाली कंग्रेसकी सुशिला थिङले १०,१९२ मत प्राप्त गर्नुभएको छ ।

कमलामाई नगरपालिकाका १४ वडा मध्ये ७ वटा वडामा एमालेको प्यानल नै विजयी भएको छ । भने नेपाली कांग्रेसले ६ वडामा जित हासिल गरेको छ ।

यस्तै नेकपा माओवादीले भने एउटा वडामा खुम्चिनु परेको छ ।

कनपाको वडा नम्बर १ मा नेपाली कांग्रेसका महेश खतिवडा, २ मा नेकपा माओवादीका नवराज थिङ, ३ मा नेकपा एमालेका खड्ग चौलागाई, ४ मा कांग्रेसका महेन्द्र ढकाल, ५ र ६ मा पनि कांग्रेसकै पुर्ण वहादुर खड्का, उज्जवल बराल, ७, ८, ९, १०, ११ र १२ मा एमालेका कर्ण घिसिङ्ग, टिका बहादुर मोक्तान, देवराज पौडेल, कैलाश ढुङगेल, राम बहादुर थिङ, ललित बहादुर आले, वडा नम्बर १२ र १३ मा नेपाली कांग्रेसका किरण माझी र जितलाल अधिकारी विजयी भएका छन् ।

23.12¡ÆC