धादिङ ।

धादिङको गंगाजमुना गाउँपालिकामा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा एमालेका बलबहादुर अधिकारी र उपाध्यक्षमा एन्जिला तामाङ विजयी भएका हुन् ।

बलबहाददुरले ३ हजार ३ सय ५६ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका अक्कलबहादुर तामाङले ३ हजार १ सय ८० मत पाए ।

उपाध्यक्षमा विजयी एमालेकी एन्जिला तामाङले ३ हजार ४ सय २२ मत ल्याएकी छन् भने निकटतम प्रतिद्धन्द्धि काँग्रेसका दुर्गा दाहालले ३ हजार १ सय २८ मत ल्याई पराजित भएका छन् ।

ज्वालामुखी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा भने कांग्रेस र एमाले बाँडिएर आएका छन् । अध्यक्षमा नेपाली काँग्रेसका विनोद तिमिल्सीना ५ हजार ९ सय ५४ मत ल्याई विजयी भएका छन् भने उपाध्यक्षमा नेकपा एमालेका जानुका सिम्खंडा ५ हजार ७ सय ७९ मत ल्याई विजयी भएकी छन् ।

अध्यक्षमा विजयी तिमिल्सीनाका निकटतम प्रतिद्धन्द्धि एमालेका रामप्रसाद अधिकारी ५ हजार ९ सय ३० मत पाए भने उपाध्यक्ष सिंखडाकी निकटतम प्रतिद्धन्द्धि माओवादी केन्द्रका विष्णुकुमार श्रेष्ठले ४ हजार ८ सय ९४ मत पाएका छन् ।

अहिलेसम्म जिल्लाको ८ स्थानीय तहको नतिजा आईसकेको छ । बाँकी ५ वटाको नतिजा आज साँझसम्म आउने मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

24.12¡ÆC