काठमाडौं,जेठ १२ । समाज सेवाको क्षेत्रमा क्रियाशील हिमानी ट्रष्टकी अध्यक्ष एवम् पूर्व श्री ५ युवराज्ञी हिमानी शाह गत आइतबार चीनको भ्रमणमा जानुभएको छ । चिनियाँ सरकारी निकायको निमन्त्रणामा बेइजिङतर्फ प्रस्थान गर्नुभएकी हिमानीले चीनमा सात दिन बिताउनुहुनेछ । हिमानीका साथमा स्वकीय सचिव स्मिता सिंह र चर्चित उद्यमी प्रभाकरशम्शेर राणालगायत सामेल छन् । घटना र विचार साप्ताहिकले समाचार छापेको छ ।

केही अघि चाइना–नेपाल व्यापार संगठनले पनि हिमानीलाई चीन भ्रमणको लागि निमन्त्रणा दिँदा उहाँले त्यसलाई स्वीकार गर्न सक्नु भएको थिएन । यसपटक भने सरकारीस्तरबाटै निम्ता प्राप्त भएकाले उहाँ चाइनाको भ्रमणमा सरिक हुनुभएको बुझिएको छ ।

हिमानीको चीन भ्रमणको मूल उद्देश्य के हो भन्ने औपचारिक जानकारी गराइएको छैन । चीनमा समाजसेवासँग सम्बन्धित कार्यको अवलोकन र त्यहाँ क्रियाशील सामाजिक संघसंस्थाहरूसँग पारस्परिक सम्बन्ध र सम्पर्कै बढाउन उहाँको भ्रमण भएको बताइएको छ । चीनबाट फर्किएपछि युवराज्ञी हिमानीले केही दिन बैंककमा बिताउनु हुने समाचार छ । यसैबीच प्राप्त अर्को एक समाचारअनुसार ख्यातिप्राप्त उद्यामी एवम् व्यवसायी सुरज बैद्य हिमानी ट्रष्टको बोर्डमा सदस्यका हैसियतले समावेश हुने भएका छन् । आगामी महिना हुने साधारणसभाले वैद्यको नाम बोर्डमा सदस्यका रुपमा अनुमोदन गर्ने बुझिएको छ ।

23.12¡ÆC